जापानमा पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तर वृद्धि
एजेन्सी । जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या विगत २४ घण्टामा एक हजार ३३० ले वृद्धि भएको स्वास्थ्य मन्त्रालय तथा स्थानीय प्रशासनद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ । जापानमा विगत पाँच दिनदेखि सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी रहँदै आएको छ । यद्यपि शुक्रबारभन्दा आइतबार सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको सरकारी अधिकारीहरूले बताएका छन् ।
जापानले सुरूमा कोभिड सङ्क्रमितको सङ्ख्या नियन्त्रण गर्न सफल भएको देखिएको भएपनि दोस्रो श्रृङ्खलामा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । जापानको सबैभन्दा बढी प्रभावित शहर राजधानी टोकियोमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १३ हजार ४५५ पुगेको छ भने ओसाका, फुकुओका, कानागावालगायतका स्थानमा सङ्क्रमण बढिरहेको अधिकारीले जनाएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा सङ्क्रमितमध्ये २६ हजार ५६५ जना निको भई घर फर्किएका छन् । त्यस्तै सङ्क्रमणको कारण गम्भीर स्वास्थ्य समस्या भएका विरामीको सङ्ख्या मात्रै ८३ रहेको बताइएको छ ।
जापान सङ्क्रमितको उपचारमा सफल देखिएको तथ्याङ्कले देखाउँछ तर पछिल्ला दिनहरूमा सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेपछि बढी सङ्क्रमण देखिएका स्थानमा नियन्त्रणका उपायहरू स्थानीय स्तरमा नै गरिएको तर देशभर लकडाउन वा अन्य कठिन प्रतिबन्धात्मक उपायहरूको अवलम्बन नगरिएको सरकारले बताएको छ । सरकारले अति आवश्यक बाहेक नागरिकहरूलाई अनावश्यक हिँडडुल नगर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण