कोरोना कहरः बेलायतलाई मेक्सिकोले उछिन्यो
आइतबार, १८ साउन २०७७, २३ : १३
एजेन्सी । ल्याटिन अमेरिकी देश मेक्सिको कोरोना संक्रमणका कारण मर्ने व्यक्तिहरुको संख्याको आधारमा तेश्रो नम्बरमा पुगेको छ । मेक्सिकोभन्दा अगाडि अमेरिका पहिलो र ब्राजिल दोश्रो स्थानमा रहेका छन् । मेक्सिकोमा अहिलेसम्म ४ लाख २४ हजार ६ सय ३७ जना संक्रमित रहेका छन् भने ४६ हजार ६ सय ८८ जनाको मृत्यु भइसकेको छ ।
यसअघि तेश्रो स्थानमा बेलायत थियो, जहाँ ४६ हजार २ सय ४ जनाको मृत्यु भएको थियो । मेक्सिकोका सरकारी अधिकारीहरुले भनेका छन् कि देशमा कोरोना भाइरस संक्रमितहरुको संख्या रिपोर्ट गरिएभन्दा पनि बढी हुनसक्छ । कोरोना महामारीको प्रभाव दशकौंसम्म रहन सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण