प्रदेश १ का मुख्य न्यायाधिवक्तासहित १८ जनामा कोरोना संक्रमण
सोमबार, १९ साउन २०७७, १३ : ०८
मोरङ । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यसहित विराटनगरका १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका वडानम्बर ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यको परिवारका तीनजना सदस्यसहित १८ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमित पुष्टि हुनेहरुमा विराटनगर वडा नम्बर ५ का ३ जना, प्रदेश प्रहरी कार्यालय विराटनगरका ७ जना, विराटनगर–७ का ४ जना र विराटनगर–६ का १ जना रहेका छन् । त्यस्तै, विराटनगर ७ का ३० र ३६ वर्षीया महिला र २५ र ४५ वर्षीय पुरुष तथा ६ का २४ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको महानगरपालिका जनस्वास्थ्य प्रमुख रमेश कार्कीले जानकारी दिए ।
कोशी अस्पतालमा कार्यरत २ जना र विराट मेडिकल कलेजमा कार्यरत एक जनामा समेत संक्रमण पुष्टि भएसँगै विराटनगर महानगरपालिकामा संक्रमितको संख्या १३८ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण