कोरोनाबाट थप २ को मृत्यु, मृतकको कुल संख्या ६० पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साको पोखरिया ९ का १८ वर्षीया किशोरी र वीरगञ्ज ५ का ४६ वर्षिय पुरुष रहेका छन् । साउन १९ गते झाडापाखालाबाट ग्रस्त किरोशीलाई उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उनको स्वाव संकलन गरी परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको उनले बताए ।
यस्तै वीरगञ्ज ५ का ४६ का पुरुषको साउन २१ गते अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । केही वर्षदेखि मधुमेहका रोगी ती पुरुष ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । १९ गते स्वाव संकलन गरिएकोमा त्यही दिन कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपनि उनको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण