अमेरिकाका कोरोना विशेषज्ञ डाक्टर एन्थोनी फाउचीलाई ज्यान मार्ने धम्की
अमेरिकाका कोरोनाभाइरसका वरिष्ठ विशेषज्ञ तथा ह्वाइट हाउस कोरोनाभाइरस टास्क फोर्सका सदस्य डाक्टर एन्थोनी फाउचीले आफूले धम्की पाइरहेको र उनका छोरीहरुलाई तनाव दिइएको जानकारी दिएका छन् । उनका अनुसार अमेरिकामा कोरोनाभाइरससँग जुध्नका लागि के–के गरिँदैछ भन्ने विषयमा सार्वजनिक रुपमा आफ्नो कुरा राखेका कारण यस्तो समस्या देखा परेको उनले बताएका छन् ।
उनले सीएनएनसँगको कुराकानीमा भने, ‘मलाई र मेरो परिवारलाई हत्या गरिदिने धम्की आइरहेको छ । साथै, छोरीहरुलाई यतिसम्मको तनाव दिइयो कि मैले आफ्नो लागि सुरक्षाकर्मी राख्नुपर्यो । यो त आफैंमा गज्जबको कुरा हो ।’
डाक्टर फाउचीले भने, ‘काश मेरा परिवारका सदस्यले यी सब झेल्नु पर्दैनथ्यो । पूर्ण रुपमा स्वास्थ्यसँग जोडिएको मामिलामा मैले राखेका धारणाका कारण मलाई ज्यान मार्ने धम्की आउँछ भनेर कहिल्यै कल्पनासमेत पनि गरेको थिइनँ ।’
कोरोना महामारीका बेला डाक्टर एन्थोनी फाउचीले अत्यधिक पहिचान पाएका छन् । उनले थुप्रै पटक कोरोनाभाइरसको विषयमा राष्ट्रपति डोनल्ड ट्रम्पसँग आफ्नो असहमति पनि सार्वजनिक गरिसकेका थिए ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण