नेकपामा तीनवटा विचार समूह बने, म कसैसँग जोडिएको छैन: वामदेव गौतम
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्रको अन्तरविरोध हल नहुँदा पार्टीमा तीनवटा विचार समूह बनेको बताएका छन् ।
गौतमले ती समूहसँग केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल जोडिएको बताए । गौतमले आफू भने समूहगत रुपमा कतै नजोडिएको स्पष्ट पारेका छन् ।
‘अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसग्दा तीन वटा विचार समूह वनेका छन् । यी समूहसँग क. केपी ओली, क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क.माधवकुमार नेपाल जोडिनुभएको छ । म समूहगत रुपमा यी कसैसँग जोडिएको छैन र जोडिन पनि चाहन्न,’ उपाध्यक्ष गौतमले भनेका छन्, ‘तर क. ओली र क. प्रचण्ड ले भेट्न बोलाउँदा म जाने गरेको छु । सल्लाह सुझाव र राय पनि दिने गरेको छु ।’
उनले आफूलाई स्वतन्त्र राख्ने कोसिस गरेको दावी गर्दै पछिल्लो पटक पार्टीमा आफूले राखेको ६ वुँदे प्रस्ताव त्यसकै एउटा उदाहरण भएको बताएका छन् ।
उपाध्यक्ष गौतमले ‘पार्टी अध्यक्ष’ भनेको केवल व्यक्तिमात्र नभई पार्टीभित्रको सर्वस्वीकार्य संस्था भएको भन्दै त्यसैकारण पार्टी अध्यक्षहरु दुवै वा एक्लै वहाँहरुले बोलाउँदा आफूले भेट्ने गरेको दावी गरे ।
‘मैले समय–समयमा भेट गरेको बेला क. ओलीकै अगाडि वहाँलाई गम्भीर आलोचना गर्ने गरेको छु । क. प्रचण्डलाई पनि वहाँकै अगाडि वहाँको आलोचना गर्ने गरेको छु’, उपाध्यक्ष गौतमले भनेका छन् ।
उनले पार्टी अध्यक्ष दुवै वा एक्लै बोलाएको बैठक वा भेलालाई आफूले गुट नमान्ने र आफूलाई यो वा त्यो गुटसँग सम्बन्धित नगराउन पनि अनुरोध गरेका छन् ।
गौतमले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई उक्त जिम्मेवारीका निम्ति आफूले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको र आफ्नै जोडमा उनी नियुक्त भएका हुन् भन्ने समाचारको खण्डन आफ्ना सहयोगी विश्वमणि सुवदीमार्फत गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण