अमेरिकामा कोरोनाका ५० लाख बढी संक्रमित, मृतकको संख्या १ लाख ६५ हजार नाघ्यो
अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ५० लाख बढी पुगेको छ ।
कोरोनाका कारण अमेरिका संसारकै सर्वाधिक प्रभावित देश हो ।
वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार अमेरिकामा हालसम्म ५१ लाख ४९ हजार ७ सय २३ संक्रमित रहेका छन् भने एक लाख ६५ हजार बढीको मृत्यु भइसकेको छ ।
अमेरिकापछि ब्राजिल दोस्रो सबैभन्दा प्रभावित देश हो जहाँ संक्रमितको संख्या २० लाख १३ हजारभन्दा बढी छ । ब्राजिलमा मृतकको संख्या करिब एक लाख पुगेको छ ।
भारत तेस्रो सर्वाधिक प्रभावित देश हो ।
भारतमा हालसम्म कोभिड–१९ का कूल संक्रमितको संख्या २१ लाख पार भइसकेको छ जसमा १४ लाख २० हजारभन्दा बढीले यो रोग जित्न सफल भइसकेका छन् ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार रिकभरी रेटमा लगातार सुधार भइरहेको छ र यो अब ६८.३२ प्रतिशत रहेको छ । यस्तै कोभिडका कारण मृत्युदर २.०४ प्रतिशत छन् ।
हालसम्म करिब ४३ हजारको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण