राहत सामग्रीसहित गृहमन्त्री सिन्धुपाल्चोक प्रस्थान
शुक्रबार, ३० साउन २०७७, १४ : ४४
काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिका पहिरो पीडितका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर ‘बादल’ सिन्धुपाल्चोक प्रस्थान गरेका छन् ।
नेपाली सेनाको हेलिकप्टरबाट गृहमन्त्री थापासँगै पीडित परिवारका लागि राहत लिएर गृहसचिव महेश्वर न्यौपाने पनि सिन्धुपाल्चोकतर्फ लागेको गृहमन्त्रालयले जनाएको छ ।
शुक्रबार बिहान गएको पहिरोमा परी ३८ जना बेपत्ता भएका थिए भने ३७ घर पुरिएको थियो । बेपत्ता सबैको पहिचान खुलेको छ । यस्तै पहिरोमा परी ५ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार पहिरोमा परी अहिलेसम्म ५ जनाको शव भेटिएको छ । तर, उनीहरुको सनाखत भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण