‘मेलोडी नाइट’मा आउँदै स्वरुपराज आचार्य
काठमाडौं –सुगम संगीतका लोकप्रिय गायक स्वरुपराज आचार्य ‘एकल साँझ’मा प्रस्तुत हुँदैछन् । उनी ३० भदौ शुक्रबार बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा एकल साँझमा उत्रिन लागेका हुन् ।
लाइभ ब्याण्डसहित प्रस्तुत हुन लागेका उनले आफ्ना लोकप्रिय डेढ दर्जन गीतहरु कार्यक्रममा प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।
साँझ ७ः३० बजेबाट सुरु हुने ‘मेलोडी नाइट वीथ स्वरुपराज आचार्य’ नामक उक्त कार्यक्रममा उनले आफ्ना पिता बरिष्ठ गायक भक्तराज आचार्यको लोकप्रिय पाँच गीत पनि सुनाउनेछन् । कार्यक्रममा उनले ‘बल गरेर त्यो मन यता’, ‘तिमी कसको’, ‘तिमी जहाँ त्यहाँ म हुन नपाउँदा’ लगायतका गीतहरु सुनाउने बताए ।
दर्शक तथा श्रोताको फर्माइसमा गजलबार स्वरुपको एकल साझ आयोजना गरिएको गजलबारका सञ्चालक रुल्झ गुरुङले बताए ।
स्वरुप नेपाली संगीत पारखीका लागि ढुकढुकी मानिन्छन् । ‘मेलोडी नाइट वीथ स्वरुपराज आचार्य’ का लागि टिकट दर २५०० राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण