विश्वमै सबैभन्दा बढी ‘डिसलाइक’ आउने भिडियोको तेस्रो नम्बरमा ‘सडक २’ को ट्रेलर
एजेन्सी – बलिउड फिल्म ‘सडक २’ को ट्रेलर विश्वमै सबैभन्दा बढी मन नपराइएको भिडियोको तेस्रो नम्बरमा परेको छ । भने उक्त भिडियो भारतमा युट्युबमा सबैभन्दा बढी डिसलाइक गरिएको भिडियोमा परेको छ ।
उक्त फिल्मको ट्रेलरमा अहिलेसम्म १.१ करोडभन्दा बढी डिसलाइक आइसकेको छ । यसअघि विश्वमै सबैभन्दा बढी डिसलाइक गरिएको भिडियोमध्येमा दोस्रो नम्बरमा पप स्टार जस्टिन बीबरको थियो । उनको सन् २०१० मा आएको ‘बेबी’ गीतमा १.१६ करोड डिसलाइक गरिएको थियो ।
यसैगरी, सबैभन्दा बढी डिसलाइक गरिएको भिडियोको पहिलो नम्बरमा भने स्वयं यूट्युबले पोस्ट गरेको ‘२०१८ रिभाइन्ड’ भिडियो थियो । जसमा १.८६ डिसलाइक आएको थियो ।
गत अगस्ट १२ मा रिलीज भएको ‘सडक २’ को ट्रेलरलाई सामाजिक सञ्जालमा नेपोटिज्मलाई प्रशय दिएको नाममा ट्रोल गरिएको छ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि यो मुद्दा निकै चर्चामा छ ।
महेश भट्टको फिल्म ‘सडक २’ मा उनकी छोरी तथा अभिनेत्री आलिया भट्ट, पूजा भट्टका साथै संजय दत्त, निर्माता सिद्धार्थ रोय कपूरका भाई आदित्य रोय कपूर पनि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण