बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्डकी प्रधानमन्त्रीद्वारा चुनाव स्थागित

सोमबार, ०१ भदौ २०७७, ०९ : ०५
सोमबार, ०१ भदौ २०७७

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले कोरोनाभाइरस रोकथाम लागि नयाँ नीति नियमलाई तीब्र गति दिएकी छिन् । अकल्याण्डको एक इलाकामा ४९ नयाँ संक्रमित भेटिएका छन् ।


गत हप्ता अकल्याण्डमा नयाँ संक्रमित भेटिएका थिए । अब प्रधानमन्त्रीले अर्को महिना १० सेप्टेम्बरमा हुने आम निर्वाचनलाई चार हप्ताका लागि स्थागित गरेकी छिन् । आम निर्वाचन १७ अक्टोबरदेखि हुनेछ ।

प्रधानमन्त्रीले २५ हजार मतदातालाई सुरक्षित राख्नु सबैभन्दा ठूलो चुनौती भएको बताएकी छिन् ।

आर्डर्नले चुनाव स्थगित गर्ने निर्णय लिनेबेला आफूले मतदानका बेला मतदाता र सहभागीहरुको पारदर्शितालाई ध्यानमा राखेको बताएकी छिन् । उनले चुनावलाई थप अघि बढाउन नसकिने बताएकी छिन् ।

प्रधानमन्त्रीले भनिन्, ‘कोभिड अब थप केही समयका लागि हामीसँगै हुनेछ । चुनावलाई अघि बढाउँदा कोभिडको दखलको खतरा कम हुनेछैन र यसैकारण चुनाव आयोगले यस्तो तयारी गरेको हो । यदि देशमा कोरोना महामारीको लेभल दुई वा केही हदसम्म लेभल तीनसम्म पुग्दा पनि मतदान गरिनेछ ।’

आर्डर्नले यसमा थप कुनै परिवर्तन गर्ने उनको कुनै मनसाय नभएको बताएकी छिन्  । सोमबार जारी गरिएको एक स्थानीय अनुसन्धानको आँकडा अनुसार न्यूजिल्याण्डमा ६० प्रतिशत मानिसहरुले चुनाव १० सेप्टेम्बरको निश्चित मितिमा हुन नसक्ने बताएका थिए ।

संसद अब ६ सेप्टेम्बरलाई भङ्ग हुनेछ । आइतबारसम्म न्यूजिल्याण्डमा कोरोनाका ६९ सक्रिय संक्रमित थिए । यीमध्ये ४९ संक्रमित अकल्याण्डका हुन् ।

स्रोतः बीबीसी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप