न्यूजिल्याण्डकी प्रधानमन्त्रीद्वारा चुनाव स्थागित
न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले कोरोनाभाइरस रोकथाम लागि नयाँ नीति नियमलाई तीब्र गति दिएकी छिन् । अकल्याण्डको एक इलाकामा ४९ नयाँ संक्रमित भेटिएका छन् ।
गत हप्ता अकल्याण्डमा नयाँ संक्रमित भेटिएका थिए । अब प्रधानमन्त्रीले अर्को महिना १० सेप्टेम्बरमा हुने आम निर्वाचनलाई चार हप्ताका लागि स्थागित गरेकी छिन् । आम निर्वाचन १७ अक्टोबरदेखि हुनेछ ।
प्रधानमन्त्रीले २५ हजार मतदातालाई सुरक्षित राख्नु सबैभन्दा ठूलो चुनौती भएको बताएकी छिन् ।
आर्डर्नले चुनाव स्थगित गर्ने निर्णय लिनेबेला आफूले मतदानका बेला मतदाता र सहभागीहरुको पारदर्शितालाई ध्यानमा राखेको बताएकी छिन् । उनले चुनावलाई थप अघि बढाउन नसकिने बताएकी छिन् ।
प्रधानमन्त्रीले भनिन्, ‘कोभिड अब थप केही समयका लागि हामीसँगै हुनेछ । चुनावलाई अघि बढाउँदा कोभिडको दखलको खतरा कम हुनेछैन र यसैकारण चुनाव आयोगले यस्तो तयारी गरेको हो । यदि देशमा कोरोना महामारीको लेभल दुई वा केही हदसम्म लेभल तीनसम्म पुग्दा पनि मतदान गरिनेछ ।’
आर्डर्नले यसमा थप कुनै परिवर्तन गर्ने उनको कुनै मनसाय नभएको बताएकी छिन् । सोमबार जारी गरिएको एक स्थानीय अनुसन्धानको आँकडा अनुसार न्यूजिल्याण्डमा ६० प्रतिशत मानिसहरुले चुनाव १० सेप्टेम्बरको निश्चित मितिमा हुन नसक्ने बताएका थिए ।
संसद अब ६ सेप्टेम्बरलाई भङ्ग हुनेछ । आइतबारसम्म न्यूजिल्याण्डमा कोरोनाका ६९ सक्रिय संक्रमित थिए । यीमध्ये ४९ संक्रमित अकल्याण्डका हुन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण