पोष्ट प्रोडक्सनमै ओम प्रतिकको ‘हली’
काठमाडौं – कोरोनाको कहरका कारण धेरै फिल्महरु छायाँकन, पोष्टप्रोडक्सन लगायतमा अड्किएका छन् । जसका कारण अहिले फिल्म निर्माता निर्देशक चिन्तित छन् ।
ति मध्यका एक निर्माता निर्देशक ओम प्रतिक गुरुङ पनि हुन् । प्रतिकको फिल्म ‘हली’ लकडाउन अगाडि पोष्ट प्रोडक्सनको अन्तिम चरणमा थियो । लकडाउन र त्यसपछिको कोरानाको कहरका अवस्था सामान्य नहुँदा फिल्म अहिले पोष्टप्रोडक्सनमै अड्किएर बसेको छ ।
कहिले फिल्म क्षेत्र खुल्छ र फिल्म पुरा गरेर प्रदर्शनमा ल्याउने हो प्रतिकको अहिलेको चिन्ता हो ।
‘फिल्मको सम्पादन, डबिङ, ब्यागग्राउण्ड म्युजिक सबै सकाएर कलर करेक्सनमा रहेको थियो’ प्रतिकले भने ‘कलर करेक्सन र मिक्सिङ गर्न पाए फिल्म सकिन्थ्यो । त्यसै रोकिनु पर्दा तनाव लागेको छ ।’ अहिले फिल्म सकाएर राख्न पाए फिल्म क्षेत्र खोल्ने बितिकै रिलिज गर्न पाइने उनको भनाई रहेको छ ।
फिल्ममा सरोज खनाल, अरुणा कार्की, प्रमोद दीप, सुजाता थापा, बिद्या कार्की, सिपी पौडेल, अर्जुन गुरुङको अलवा प्रतिकको पनि मुख्य भुमिका रहेको छ ।
फिल्म कोरोनाको कहर सामान्य भएपछि रिलिज हुनेछ ।
पूजा गुरुङ, जस्मिन श्रेष्ठ, गोबिन्द लामिछाने निर्माता रहेको फिल्म डडेलधुरा, डोटी, बजाङलगायतका रमणीय स्थानमा छायाँकन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण