शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

घिमिरे आफ्ना अमर कृतिहरुमा सधैँ बाँचिरहनु हुन्छः वामदेव गौतम

मङ्गलबार, ०२ भदौ २०७७, २२ : १७
मङ्गलबार, ०२ भदौ २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नेपाल राष्ट्रका साहित्यिक धरोहर राष्ट्रकविको निधनले अपूरणीय क्षति भएको बताएका छन् ।   नेता गौतमले आज साँझ विज्ञप्ति जारी गरी उनी आफ्ना अमर कृतिहरुमा सधैँ बाँचिरहने बताउँदै उनीप्रति श्रद्धासुमन अर्पणका साथ शोकसंतप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

यसैगरी शान्ति गीत संगीत अभियानले राष्ट्रकवि  घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ ।  गीतकार एवं अभियानका अध्यक्ष प्रकाश रायमाझीले शोक विज्ञप्तिमार्फत उनको निधनले स्तब्ध बनाएको उल्लेख गरेका छन् ।
गीतकार रायमाझीले राष्ट्रकवि घिमिरेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप