डब्ल्यूएचओको दाबीः अमेरिकामा संक्रमितको संख्या एक करोड १५ लाखसम्म पुग्ने
कोरोनाभाइरस संक्रमणको विषयमा मंगलबार संसारभरीका केही खबर यहाँ बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।
– फ्रान्सले धेरै कर्मचारी भएका कार्यालयमा मास्कको अनिवार्य प्रयोगको घोषणा गरेको छ । यो प्रावधान सेप्टेम्बरदेखि लागू हुनेछ ।
– विश्व स्वास्थ्य संगठनले चेतावनी जारी गर्दै २० देखि ४० वर्षका युवाले कोरोनाको संक्रमण संसारभरी फैलाइरहेको जानकारी दिएका छन् । उनीहरुले सतर्कता अपनाउनुपर्ने पनि डब्ल्यूएचओको निर्क्योल छ ।
– डब्ल्यूएचओका अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोढ १५ लाखसम्म पुग्नेछ भने यतिबेला चार लाखको मृत्यु पनि हुनेछ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार अमेरिकामा हालसम्म ५६ लाख बढी कोरोना संक्रमित रहेका छन् भने १ लाख ७४ हजारको मृत्यु भइसकेको छ ।
–जर्मनीकी चान्सलर एंगेला मर्केलले पछिल्ला तीन हप्तामा कोरोना संक्रमितको संख्यामा दोब्बरको वृद्धिलाई मध्यनजर गर्दै अब लकडाउनको प्रवाधानमा छुट नदिइने बताएकी छिन् ।
– चीनको फर्मास्यूटिकल कम्पनी सिनोफार्मले वर्षको अन्त्यसम्म कोरोना भ्याक्सिन तयार गर्ने आशा व्यक्त गरेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण