पोर्चुगलमा २ महिला सवार डुङ्गा डुब्यो, ७१ वर्षका राष्ट्रपति ज्यान बचाउन समुद्रमा हाम फाले
पोर्चुगलका ७१ वर्षका राष्ट्रपति मार्सेलो रेबेलो डीले शनिबार अलगर्व बीचमा डुब्नै लागेका दुई महिलाको ज्यान बचाएका छन् । राष्ट्रपतिको यो साहसिक प्रयासको चौतर्फी प्रशंसा भइरहेको छ । दुई महिला सानो डुङ्गामा सवार थिए । यसैबीच उनीहरुको डुङ्गा पल्टियो । उनीहरु आफ्नो ज्यान बचाउनका लागि संघर्ष गरिरहेका थिए ।
समुद्र तटमा भएका राष्ट्रपति तत्काल पौडी खेलेर उनीहरु भएठाउँ पुगे र एक अन्य व्यक्तिको मद्दतले उनीहरुको ज्यान बचाए । राष्ट्रपति मर्सेलो देशको पर्यटन क्षेत्रमा टेवा पुर्याउनका लागि आजकाल यो इलाकामा आफ्नो छुट्टी मनाइरहेका छन् ।
राष्ट्रपतिले त्यतिबेला समुद्रमा ठूलो छाल आइरहेको र दुबैको मुखमा केही मात्रामा समुद्रको पानीसमेत भरिइसकेको जानकारी दिए । पानी पिएका कारण उनीहरु दुबैले पोडी खेल्न नसकेको राष्ट्रपतिले जानकारी दिए । घटनाको भिडियो फुटेजमा ७१ वर्षका राष्ट्रपतिले महिलाको पुकार सुनेर समुद्रमा हाम फालेको र पौडी खेल्दै उनीहरु भएठाउँ पुगेको देख्न सकिन्छ ।
त्यति नै बेला जेट स्कीमार्फत् एक व्यक्ति पनि महिलालाई बचाउन पुगे । राष्ट्रपतिले ती व्यक्तिलाई देशभक्त बताएका छन् । स्मरण रहोस्, मर्सेलो हृदयरोगी हुन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण