बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

फेकआइडीको बिषयमा नेपाल आइडल प्रतियोगी निसानले खोले मुख

बुधबार, २८ भदौ २०७४, १७ : ४१
बुधबार, २८ भदौ २०७४

काठमाडौं –पुर्वाञ्चलको  प्रतिनिधित्व गर्दै एमिवान टेलिभिजनको रियालटी सो ‘नेपाल आइडल’मा एक पछि अर्काे खुकिर्लो चढ्दै उपाधिको नजिक पुगेका प्रतियोगी निसान भट्टराईलाई बदनाम गराउन अहिले केही ब्यक्ति सक्रिए देखिएका छन् ।
ति ब्यक्तिहरुले सामाजिक संजाल फेसबुकमा निसान भट्टराई नामका फेक आइडी बनाउँदै बिभिन्न स्टाटस पोष्ट गेरर उनलाई बदनाम गर्ने गरेको पाइएको छ । 
प्रतियोगी भट्टराइले आफ्नो नाममा बिभिन्न फेक आइडी बनाएर आफुलाई बदनाम गराउने खालका पोष्ट भइरहेको आधिकारीक पेज मार्फत  सार्वजनिक गरेका छन् ।
भट्टराइले आफ्नो नाममा बनेको एक फेक आइडीको स्क्रिन सट पोष्ट गर्दै फेक आइडीमा आफ्ना बिचार जसरी आएको पोष्टहरु सत्यतथ्य नभएको समेत उल्लेख गरेका छन् ।
उनको नाममा बनेको फेक पेजका स्टाटसमा आदीबासी जनजातीलाई बिभिन्न गालीगलौचका शब्दहरु पोष्ट भएका छन् । उक्त शब्द र पेज आफ्नो नभएको समेत उनले जानकारी गराएका छन् । 
उनले लामो स्टाटसमा लेखेका छन् ‘आदरणिय मेरा दर्शक, श्रोता तथा शुभचिन्तक मेरो चरित्र हत्याको प्रयास भइरहेको जानकारी पाउदा म अच्यन्तै अत्यन्तै दुखी छु । मर्माहित भएको छु । म एक नेपालीको छोरो हुँ, मेरा लागि अर्काे कुनै जात छैन ।’
‘मैले आजसम्म जात धर्म बर्ग र समुदाय बिच बिभेद गर्ने जस्ता निच बिचार राखेको पनि छुइन र राख्ने पनि छैन’ उनले अगाडि लेखेका छन् ‘म त संगीतमा जीवन खोजिरहेको तपाइहरु जस्तो साधारण नेपाली हुँ । म आइडियल हुँ ला नहुँला । यो भन्दा पनि बढी सामाजिक संजालमा मेरो चरित्र हत्य भएको कारणले अत्यान्तै दुखी भएको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप