‘तीज रेडी सेल्फी’ प्रतियोगिता सुरु
काठमाडौं । नेपाली नारीहरुको महान चाड तीजको अवसरमा पोन्डस् नेपाल तथा डोभ नेपालले ‘तीज रेडी सेल्फी’ प्रतियोगिताको आयोजना गरेका छन् ।
पोन्डस् नेपाल तथा डोभ नेपालले तीज महोत्सव मनाउन उत्साहित नेपाली महिलाहरूको लागि सेल्फी प्रतियोगिता आयोजना गरेको छ । यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि महिला सहभागीहरुले तीज मनाउनको लागि तयार भएको आफ्नो फोटो पेन्डस् नेपाल तथा डोभ नेपालको अधिकारिक फेसबुक पेजको इनबक्समा पठाउनु पर्नेछ ।
सो फोटोहरु प्राप्त भए पश्चात प्रतियोगीहरुको सहमतिमा पोन्डस् नेपाल र डोभ नेपालको अधिकारिक फेसबुक पेजमा पनि अपलोड गर्ने र सहभागीहरुको आफ्नो फेसबुक पेजमा पनि आफ्नो फोटो अपलोड गर्नु पर्नेछ ।
अपलोड भएका फोटोहरु मध्य उत्कृष्ट १० सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरिने आयोजकले बताएको छ । बिजेताले उपहार स्वरुप पोन्डस् र डोभको तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन् ।
‘तीज रेडी सेल्फी’ प्रतियोगिता भाद्र ३ देखि १६ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण