युएईले पनि आणविक ऊर्जामार्फत विद्युत उत्पादन थाल्यो

दुबई । तेलको धनी राष्ट्र संयुक्त अरब ईमिरेट्सले आणविक ऊर्जाबाट विद्युत उत्पादन गर्न थालेको छ । अधिकारीहरुका अनुसार आणविक शक्तिबाट उत्पादित विद्युत गत बुधबारदेखि राष्ट्रिय प्रशारणमा जोडिएको छ । राज्य संचालित समाचार समिति वामका अनुसार साउदी अरेबियासँगको सीमा नजिक रहेको बाराकाह आणविक विद्युत गृह (प्लान्ट) बाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणमा जोएिको छ ।
वामले प्लान्टको नियन्त्रक कक्षभित्र कर्मचारीहरुले काम गरिरहेको तस्वीर पनि सार्वजनिक गरेको छ । कोरोनाभाइरस महामारीका कारण अन्य संचारमाध्यम वा स्वतन्त्र पर्यवेक्षकलाई त्यहाँ उपस्थित हुन दिइएको थिएन । जुलाई ३१ मा प्लान्टको पहिलो रियाक्टरको काम अन्तिम चरणमा पुगेको बताइएको थियो । एपीले उक्त प्लान्टसम्मको पहुँचका लागि विगतदेखि प्रयास गरेको भएपनि अनुमति दिइएको थिएन ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा संगठन र अरु नियामक निकायका अधिकारीहरुले उक्त प्लान्टको स्थलगत अध्ययन गरिसकेको छ । युएईका अधिकारीहरुले कोराना महामारी अघि पनि उक्त स्थानलाई अति सुरक्षित र गोप्य राखेका छन् । यो प्लान्टमाथि डिसेम्बर २०१७ मा यमनका विद्रोही हुथी समूहले आक्रमणको निशाना बनाएको विश्वास गरिएको छ । हुथी विद्रोहीले आफूहरुले क्रुज क्षेप्यास्त्र प्रहार गरेको बताए पनि युएईले त्यसलाई अस्वीकार गरेको थियो ।
बाराकाह प्लान्टमा चारवटा रियाक्टर राखिएका छन् जसबाट युएईलाई आवश्यक विद्युतमध्ये करिब २५ प्रतिशत प्राप्त हुनेछ । यो आणविक विद्युत गृह दक्षिण कोरियाको सहयोगमा करिब २० अर्ब डलरमा निर्माण भएको हो । संयुक्तराज्य अमेरिकाले युएईले आणविक प्रविधिमार्फत विद्युत उत्पादन गर्न लागेकामा प्रसन्नता व्यक्त गरेको छ । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविले नेपाल आउने विदेशी विद्यार्थी र प्राध्यापकको भिसा प्रक्रिया अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्रबाट गर्ने
-
संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक बानेश्वरमा
-
२०८४ मा डिजिटल वार हुन्छ, तयारी नगरे पाखा परिन्छ : गौतम
-
कर्जा केन्द्रीकरणको बढ्दो जोखिम तथा बैंकर र व्यवसायी छुट्याउने प्रयास
-
च्याम्पियन्स लिगको फाइनल हेर्न जब यी दुई युवा २७ घण्टा बाथरुममा लुके !
-
महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा