पाकिस्तानद्वारा तालिबानमाथि प्रतिबन्धको घोषणा
एजेन्सी । पाकिस्तानले अफगानिस्तानको तालिवान समूहविरूद्ध ठूलो आर्थिक प्रतिबन्धको घोषणा गरेको छ । छिमेकी मुलुकमा अमेरिकाको नेतृत्वमा रहेको शान्ति प्रक्रियाको चर्चा भइरहेका समय पाकिस्तानले अफगानी विद्रोही समूहका कैयौँ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो ।
शुक्रवार दिउँसो सार्वजनिक गरिएको उक्त आदेशमा तालिबानका प्रमुख शान्ति वार्ताकार अब्दुल घानी बरादर र हक्कानी परिवारका थुप्रै सदस्यलगायत दर्जनौं व्यक्ति रहेका छन् । पाकिस्तानी निर्णयका कारण वर्तमान हक्कानी सञ्जाल प्रमुख र तालिबानका उप–प्रमुख सिराजुद्दीनले पनि प्रतिबन्धको सामना गर्नुपर्ने छ । प्रतिवन्धित समूहको सूचीमा तालिवानबाहेक अरू पनि रहेका छन् ।
अन्तर्राष्ट्रिय सम्पत्ती शुद्धिकरणलाई निगरानी गर्ने र आतङ्कवादी समूहको गतिविधि ट्रयाक गर्ने वित्तीय कारबाही कार्यदल (एफएटीएफ) द्वारा कालोसूचीबाट उम्किने प्रयास स्वरूप पाकिस्तानको यो आदेश जारी भएको नाम उल्लेख नगर्ने शर्तमा एक पाकिस्तानी अधिकारीले सुरक्षाकर्मीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण