रुसद्वारा कोरोनाको दोस्रो भ्याक्सिन बनाएको दाबी, कुनै साइड इफेक्ट नभएको जिकिर
रुसले कोरोना भाइरसको दोस्रो भ्याक्सिन बनाउन सफल भएको दाबी गरेको छ । डेली मेलको रिपोर्ट अनुसार EpiVacCorona नाम दिइएको यो भ्याक्सिनको कुनै साइड इफेक्ट नभएको बताइएको छ । यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ‘स्पूतनिक भी’ नामको कोरोनाभाइरस भ्याक्सिन बनाएको घोषणा गरेका थिए । यद्यपि, यो भ्याक्सिनका थुप्रै साइड इफेक्ट भएको भन्दै रुसको अत्यधिक आलोचना भएको थियो । रुसले पहिलो भ्याक्सिनको जुन साइड इफेक्ट छ, त्यो नयाँ भ्याक्सिन लगाउँदा नदेखिने जानकारी दिएको छ ।
रुसले यो दोस्रो भ्याक्सिनबारे पनि थुप्रै शंका गरेका छन् । यसअघि विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको भ्याक्सिन सन् २०२१ भन्दा अघि आउन नसक्ने जानकारी दिइसकेको छ ।
रुसले आफ्नो नयाँ भ्याक्सिनको निर्माण साइबेरियाको विश्व चर्चित भाइरोलोजी इन्स्टिच्युट (वेक्टर स्टेट रिसर्च सेन्टर अफ भाइरोलोजी एण्ड बायोटेक्नोलोजी) मा गरेको छ । यसअघि यो इन्स्टिच्युट टप सिक्रेट बायोलोजिकल वेपन रिसर्च प्लान्ट हुने गर्दथ्यो ।
रुसी वैज्ञानिकले नयाँ भ्याक्सिनको क्लिनिकल ट्रायल सेप्टेम्बरमा पुरा हुने बताएका छन् । ५७ व्यक्तिमाथि नयाँ भ्याक्सिन लगाइएको र उनीहरु पूर्ण रुपमा स्वस्थ र राम्रो महसुस गरिरहेको पनि दाबी गरिएको छ ।
नयाँ भ्याक्सिनको दुई डोज लगाउनुपर्नेछ । पहिलो डोज दिएको १४ देखि २१ दिनपछि दोस्रो डोज लगाउनुपर्नेछ । रुसले अक्टोबरसम्म यो भ्याक्सिन रजिस्टर गर्ने र नोभेम्बरबाट यसको उत्पादन सुरु गर्ने आशा राखेको छ ।
वेस्टर स्टेट रिसर्च सेन्टर अफ भाइरोलोजी एण्ड बायोटेक्नोलोजीले कोरोनाभाइरसको १३ सम्भावित भ्याक्सिनमाथि काम गरेको थियो । स्मरण रहोस्, चीन, अमेरिका र बेलायत पनि कोरोनाको सफल भ्याक्सिन तयार गर्न जुठिरहेका छन् र तीमध्ये तीन देशको भ्याक्सिनको तेस्रो चरणको ट्रायल चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण