दक्षिण कोरियामा पुनः तीब्र रुपमा फैलिरहेको छ कोरोना संक्रमण
दक्षिण कोरियामा मार्च पछि एकैदिन कोरोनाका सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । राजधानी सोलको एक चर्चबाट सुरु भएको संक्रमण तीब्र रुपमा फैलिरहेको छ । यो चर्चका सदस्यले राजनीतिक प्रदर्शनमा पनि भाग लिएका थिए ।
द कोरियन सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (केसीडीसी) का अनुसार पछिल्लो २४ घण्टामा ३ सय ९७ नयाँ संक्रमित फेला परेका छन् । यस्तै अघिल्लो दिन ३ सय ३२ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो एक हप्तामा प्रतिदिन सयभन्दा बढी संक्रमित देखिएका छन् ।
दक्षिण कोरियामा हालसम्म १७ हजार ३ सय ९९ संक्रमित भेटिएका छन् जबकी यहाँ हालसम्म ३ सय ९ जनाको मृत्यु भइसकेको छ । आइतबारदेखि सरकारले राजधानी सोलभन्दा बाहिर पनि दोस्रो स्तरको प्रतिबन्ध लागू गरेका छन् । साइबर क्याफे, नाइटक्लब बन्द गरिएका छन् भने चर्चमा एक–अर्कासँग भेट गर्न पनि रोक लगाइएको छ ।
स्वास्थ्य अधिकारीले तेस्रो स्तरको कडा प्रतिबन्ध लगाउने स्थिती पनि निम्तन सक्ने सम्भावना व्यक्त गरेका छन् । यसमा स्कूल र व्यापारिक प्रतिष्ठान बन्द गरिनेछ । सरकारले मानिसहरुलाई घुमफिर नगर्न सल्लाह दिएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण