फ्रान्सका स्वास्थ्यमन्त्रीले भने, ‘परीक्षणको दायरा बढाएर नभई, लकडाउन खुकुलोले संक्रमित बढायो’
फ्रान्सका स्वास्थ्यमन्त्रीले कोरोनाभाइरस संक्रमितको संख्या बढेका कारण देशमा संकटको स्थिती भएको बताएका छन् ।
जर्नल डू डिमांश पत्रिकालाई दिएको अन्तरवार्तामा ओलिवियर वेवांले परीक्षणको दायरा बढाएका कारण संक्रमितको संख्या धेरै देखिएको होइन भन्ने अभिव्यक्ति दिएका छन् ।
उनले फ्रान्समा कोरोनाको प्रकोप कहिले पनि नरोकिएको बताएका छन् ।
उनले लकडाउनका कारण संक्रमितको संख्या नियन्त्रणमा रहेको र खुकुलो बनाएपछि संख्यामा वृद्धि हुन थालेको पनि बताए ।
उनले पत्रिकासँग भने, ‘फ्रान्समा मात्रै होइन पूरा युरोपमा यस्तै हाल छ ।’
उनका अनुसार ४० देखि ६५ वर्ष बीच उमेर समूह भएकाहरुमा संक्रमण चार गुणा तीब्र रुपमा फैलिएको हो । युवाले संक्रमणलाई वृद्ध–वृद्धासम्म अत्यधिक फैलाएपछि स्थिती थप भयावह हुनसक्छ ।
शनिबार फ्रान्समा ३६ सय २ नयाँ संक्रमित भेटिएका थिए । यस्तै, बिहिबार र शुक्रबार ४ हजार नयाँ संक्रमित फेला परेका थिए । फ्रान्समा हालसम्म ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण