बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

‘अफेयर’ भन्दा पनि ‘ब्रेकअप’ पछि चर्चा पाएका बलिउडका यी जोडी

सोमबार, ०८ भदौ २०७७, १० : ०७
सोमबार, ०८ भदौ २०७७

 

मुम्बई – बलिउड फिल्ममा कयौं सुन्दर जोडी पर्दामा देख्न सकिन्छ । ति मध्ये केही जोडी पर्दामा मात्र होइन । रियल जीन्दगीमा पनि रिलेसनसिपमा रहेन गर्दछन् ।

निजी जीन्दगीमा यी कलाकारको रिलेसनसिप चल्न त केही समय राम्रो चल्ने गर्दछ । तर केही समयपछि ब्रेकअपमा पुगेर सकिन्छ । आज ति  ७ जोडीको चर्चा गर्न खोजेका छौं । जसको अफेयर भन्दा ब्रेकअप बन्यो चर्चित ।

रणवीर कपुर र दीपिका पादुकोण
एक समय बलिउडको सबैभन्दा सुन्दर जोडीमा गनिन्थ्यो रणवीर र दीपिकाको जोडी । यी दुवै सम्बन्धको बिषयमा सिरियस पनि थिए । विवाहसम्म कुरो पुगेको थियो । तर ब्रेकअपमा पुगेर सम्बन्ध सकियो ।  

विवेक ओवराय र ऐश्वर्य राय 
सलमान खानसँगको ब्रेकअपपछि ऐश्वर्या विवेकसँग नजिकिएकी थिइन् । यी दुवैको रिलेसनसिप निकै चर्चामा पनि र्हयो । तर यी दुवैको सम्बन्ध लामो समय टिकेन । ब्रेकअपको खबरले झन् सननसनी मच्चायो ।

शाहिद कपुर र करिना कपुर
पर्दामा यी दुवैको जोडी जति सुन्दर देखिन्थ्यो । असल जीन्दगीमा पनि त्यस्तै होस् भन्ने चाहना धेरैको थियो । दुवैका बिच एक समय प्रेम पनि थियो । विवाहसम्म कुरो पुगेको यो जोडीको पनि ब्रेकअप भयो ।

रणवीर सिंह र अनुष्का शर्मा 
बलिउडमा धेरै मन पराइएको जोडीमा पर्दछन् अुनुष्का र रणवीर । करिब तीन बर्ष दुवै रिलेसनसिपमा रहे । व्यक्तिगत कारणमा मनमुटाव बढेका कारण दुवैको ब्रेकअप भयो ।

जोन अब्राहम र विपासा बसु 
जोन र विपासाको रिलेसनसिप करिब ९ बर्ष चल्यो । दुवैको विवाह हेर्न धेरैको इच्छा थियो । तर सबैको चाँहना लत्याउदै दुबैले ब्रेकअप लिए ।  बिपाशाको बिग्रदो चलचित्र करियरका कारण ब्रेकअप भएको समाचार बाँहिर छायो ।  

विक्रम भट्ट र सुष्मिता सेन 
पूर्वमिस युनिवर्स सुष्मिता सेनले खुलेरै निर्देशक विक्रम भट्टसँगको सम्बन्धको बारेमा बोलेकी थिइन् । तर, यो सम्बन्धपनि छोटो समयमै टुङ्गियो ।

सिद्धार्थ मल्होत्रा र आलिया भट्ट
पहिलो फिल्म ‘स्टुडेन्ट अफ द इयर’को सेटमा सिद्धार्थ र आलिया पहिलो पटक भेटेका थिए । त्यही दुवैको प्रेम टुसायो । लामो समयसम्म रिलेसनसिपमा रहे । तर दुवैको ब्रेकअफ भयो । यी दुवैको रिलेशनभन्दा ब्रेकअफ निकै चर्चाको बिषय बन्यो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप