बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीमाथि लागेको भ्रष्टाचार आरोपमाथि भड्किए ब्राजिलका राष्ट्रपतिः पत्रकारलाई भने, ‘मुड्की हानेर मुख फुटाइदिन मन लाग्यो’

सोमबार, ०८ भदौ २०७७, १३ : १९
सोमबार, ०८ भदौ २०७७

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई आइतबार एक पत्रकारले उनकी श्रीमतीको भ्रष्टाचार सम्बन्धि प्रश्न सोधे । जसमा बोल्सोनारो उनीमाथि भड्किएका छन् ।

एक पत्रिकामा कार्यरत पत्रकारले उनकी श्रीमती मिशेल बोल्सोनारो भ्रष्टाचारमा संलग्न भएको बारे सोध्दा उनले भने, ‘तिमीलाई मुड्की हानेर मुख फुटाइदिन मन लाग्यो ।’ त्यसपछि त्यहाँ भएका मिडियाकर्मीले विरोध गर्न सुरु गरे । यद्यपि, बोल्सोनारो प्रदर्शनमा रहेका पत्रकारलाई नजरअन्दाज गरेर त्यहाँबाट निस्किए । उनले यसबारे कुनै टिप्पणी दिन नै अस्विकार गरे ।

मिशेलले अवकाशप्राप्त अधिकारी फेब्रिसिओ क्यूरोजसँग मिलेर भ्रष्टाचार गरेको खबर सार्वजनिक भएको छ । क्यूरोज हाल सिनेका सदस्य हुन् । राष्ट्रपति बोल्सोनारो र उनका छोरा फ्लेवियोका उनी करिबी मानिन्छन् । उनीमाथि सरकारी तलबको दुरुपयोगको आरोप छ । रिपोर्टरले बोल्सोनारोसँग यसबारे नै प्रश्न गरेका थिए ।

मिशेलको खातामा आयो दुरुपयोग गरेको रकमः

ब्राजिलको क्रुसो म्यागजिनमा छापिएको रिपोर्ट अनुसार भ्रष्टाचारका आरोपी क्यूरोजले सन् २०११ र २०१६ का बीच मिशेल बोल्सोनारोको खातामा पैसा हालेका थिए । यो सरकारी तलब दुरुपयोग गरेकै रकम थियो । मिशेल र जायर बोल्सोनारोका छोरा फ्लेवियो पनि यो मामिलामा आरोपी हुन् । सरकारी कर्मचारीको तलब अनियमिता सन् २०१९ मा जनवरीमा बोल्सोनारो राष्ट्रपति बन्नु अघि नै भएको थियो । त्यतिबेला फ्लेवियो रियो डी जेनेरियाबाट सांसद थिए ।

महामारीको विषयमा मानिसहरुको रोष झेलिरहेका छन् बोल्सोनारोः

महामारीको विषयमा बोल्सोनारोले देशका जनताको रोष झेलिरहेका छन् । उनले महामारी फैलने सुरुवाती दिनमा यसलाई गम्भीरतापूर्वक लिएका थिएनन् र यसलाई एक मामूली फ्लू बताएका थिए । उनले देशमा लकडाउन लगाउने विषयमा पनि विरोध गरेका थिए । राज्यको तर्फबाट लकडाउनमा असन्तुष्टि जताएका थिए । मास्कलाई अनिवार्य गर्न आनाकानी गरेका थिए । यद्यपि, आफैं संक्रमित पाइएपछि उनले त्यसपछि भने मास्क लगाएको देख्न सकिन्छ । ब्राजिलमा ३६ लाखभन्दा बढी संक्रमित देखिएका छन् र एक लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप