बढ्दै लगानीकर्ताको मनोबल : सेयर बजारमा २१ अंकको उछाल, २ अर्बको कारोबार
काठमाडौं । सेयर बजारमा २१ अंकको उछाल आएको छ । कोरोनाको महामारीका बीच देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी रहँदा नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से २१.२६ अंकले बढेर १ हजार ४ सय ३१ अंकमा पुगेको हो । परिसूचकम मात्रै नभएर कारोबार समेत २ अर्ब रुपैंया नाघेको छ ।
बजारमा शुक्रबार चारवटै सूचक र १२ मध्ये ११ वटा परिसूचकमा सुभार आएको छ । होटल क्षेत्रमा भने सामान्य गिरावट देखिएको छ । उपसूचकहरुको वृद्धिदरमा पनि ठूलो भिन्नता नरहेकोले आजको बजारको वृद्धिलाई लगानीकर्ताको मनोबल उकासिएको रुपमा हेरिएको छ ।
सोमबार असामान्य नाफा कमाउने वा असामान्य घाटा व्यहोर्ने कम्पनीहरु पनि छैनन् । सबैभन्दा बढी मूल्य कर्पोरेट डेभलपमेन्ट बैंकको ६.९० प्रतिशतले बढ्दा सबैभन्दा बढी गिरावट चिलिमे हाइड्रोपावरको २.२५ प्रतिशत रहेको छ । कारोबार अवधिभर १ सय ६६ स्क्रिपहरुको कारोबार हुँदा १ सय २९ वटा स्क्रिपको मूल्य बढेका छन् । १५ वटा स्क्रिपको मूल्य घट्दा बाँकी १२ वटाको स्थिर मूल्यमा अन्तिम कारोबार भएको छ ।
बजारमा पर्याप्त तरलता रहेको, बैंकिङ ऋणको ब्याजदर घट्दै गएको र कोरोनाका कारण अरु क्षेत्रमा लगानीको अवसर समेत नखोलिएका कारण सेयर बजारप्रति लगानीकर्ताहरु आकर्षित भएका हुन् । कोरोना महामारी भोगेका अरु मुलुकहरुमा समेत पुँजीबजारमा खासै ठूलो असन गरेको अवस्थामा नेप्से परिसूचक पनि बढ्दै गएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण