अफगानिस्तानको तालिवान टोली वार्ताका लागि पाकिस्तानमा
एजेन्सी । अफगानिस्तानको शान्ति प्रक्रियालाई अगाडि बढाउनका लागि तालिवान विद्रोहीहरुको टोली पाकिस्तान आइपुगेको छ । पाकिस्तानी नेतृत्वसँग छलफल गर्नेगरी टोली पाकिस्तान आएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार समाचार सम्प्रेषण गरेका छन् ।
पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता जाहिद हफिज चौधरीले भने, “तालिवान विद्रोहीहरुको प्रतिनिधि मण्डललाई अफगानिस्तानको शान्ति प्रक्रिया अगाडि बनाउनेगरी छलफल गर्न बोलाइएको हो ।” उच्चस्तरीय सो टोलीको नेतृत्व तालिवान विद्रोही समूहका राजनीतिक विभाग प्रमुख मुल्लाह अब्दुल घानी बाराडरले गरेका छन् ।
उनीहरुलाई पाकिस्तानको विदेश मन्त्रालयका अधिकारीहरुले नै बोलाएको र पाकिस्तानको उच्च राजनीतिक तहमा भेटघाट गराउने योजना रहेको छ ।
पाकिस्तानमा रहेका अफगानी शरणार्थी, सिमानामा आवाज जावत गर्ने व्यवस्थालगायतका बारेमा पनि दुई पक्षका बीचमा छलफल हुने तालिवान प्रवक्ता सुहाइल शाहिनले सामाजिक सञ्जाल ट्वीटर मार्फत् जानकारी दिएका छन् । अफगानीस्तानी सरकारले ८० जना तालिवान विद्रोहीहरुलाई कारागारमुक्त गरेपछि यो घटनाक्रम विकास भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण