दर्शक दिर्घामा बसेर सुने ट्रम्पले मेलानियाको भाषण
वासिङ्टन । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले कोरोनाभाइरसबाट सङ्क्रमित भएका परिवारजनप्रति सहानुभूति व्यक्त गरेकी छिन् । कोरोनाभाइरसले सृजना गरेको सङ्कटपूर्ण यस चुनौतीलाई सबै अमेरिकीले मिलेर सामना गर्नुपर्नेमा पनि उनले जोड दिइन् ।
रिपब्लीकन पार्टीको राष्ट्रिय सम्मेलनलाई मङ्गलबार राती सम्बोधन गर्दै उनले सबै अमेरिकीहरु एकजुट भएर लडियो भने यस्ता सबै चुनौतीहरुलाई सामना गर्न सकिने अठोट व्यक्त पनि व्यक्त गरिन् । कोरोनाभाइरसको महामारीलगायतका चुनौतीहरुको समाधान नगरी आफ्ना पति तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्राम नलिने पनि उनले बताइन् ।
श्रीमती ट्रम्पले मानवताको सुन्दर पक्षका बारेमा चर्चा गर्दै प्राकृतिक प्रकोपलगायत चुनौतीहरुका बारेमा सचेत हुनुपर्ने बेला भएकोमा जोड दिएकी थिइन् । ह्वाइट हाउसको रोज गार्डेनबाट भएको उनको सम्बोधन सुन्नका लागि राष्ट्रपति ट्रम्प आफ्ना समर्थकहरुसँगै दर्शक दिर्घामा बसेका थिए ।
कोरोनाभाइरसको सङ्क्रमण सर्न नदिनका लागि कम्तीमा पनि छ फिटको सामाजिक दुरी कायम गर्नु पर्ने चिकित्सकहरुको सिफारिस रहेपनि सो कार्यक्रममा दर्शकहरु बस्ने ठाउँमा दुई फिटको मात्रै दुरी कायम गरिएको थियो । कार्यक्रममा सहभागी अधिकांश पारिवारिक सदस्य तथा साथीहरुले मास्क समेत लगाएका थिएनन् । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण