भक्तपुरमा ट्यांकरले ठक्कर दिँदा १ जनाको मृत्यु, ३ जना घाइते
भक्तपुर । पेट्रोलियम पदार्थ बोकेको बा ३ ख ५३२२ नम्बरको ट्यांकरले बा २१ च ८८०५ नम्बरको पानीको जार बोकेको मिनिभ्यानलाई ठक्कर दिँदा यहाँ आज एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा घाइते भ्यानका चालक झापा अर्जुनधारा नगरपालिका–२ का २६ वर्षीय मिलन मगरको डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
अरनिको राजमार्गअन्तर्गत जगातीबाट साँगातर्फ जाँदै गरेको ट्यांकरले भक्तपुरतर्फ आउदै गरेको भ्यानलाई बाँसघारीमा ठक्कर दिँदा मिनिभ्यानका सहचालक मोरङ अमरदहका गाउपालिका–८ घरभइ हाल काठमाडौं जोरपाटी बस्ने १५ वर्षीय विवेक राजवंशी गम्भिर घाईते भएका छन् ।
मिनिभ्यानमा सवार काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–६ साँगाकी २२ वर्षीया सिर्जना तामाङ र उहाँका १९ महिने छोरा मेडिज तामाङ घाइते भएका छन् । घाइतेको डा.इवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको र सहचालक राजवंशीको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए । दुर्घटनापछि फरार ट्यांकर चालकको भने खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण