बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

शुक्रबार, १२ भदौ २०७७, ०० : ०३
शुक्रबार, १२ भदौ २०७७

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सिरहाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश २ अन्तर्गत सिरहाको सुखीपुर नगरपालिका ८ का ५८ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको हो ।

प्रतिष्ठानको मेडिसिन वार्डमा गत भदौ ६ गते भर्ना भएका उनमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।  उनको बिहीबार साँझ  निधन भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कणेलले बताएका छन् । उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले पनि पुष्टि गरेको छ ।

मृतकमा उच्च रक्तचाप भएको र २० वर्षअघि क्षयरोग भएर १८ महिना औषधि सेवन गरेको स्वास्थ हिष्ट्री रहेको बताइएको छ ।  मृतकको शव प्रतिष्ठानमै रहेको र शुक्रबार नेपाली सेनाको टोलीले सुखिपुर ल्याउने  प्रमुख जिल्ला अधिकारी कणेलले बताए । योसंगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप