वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सिरहाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश २ अन्तर्गत सिरहाको सुखीपुर नगरपालिका ८ का ५८ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको हो ।
प्रतिष्ठानको मेडिसिन वार्डमा गत भदौ ६ गते भर्ना भएका उनमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो । उनको बिहीबार साँझ निधन भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कणेलले बताएका छन् । उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले पनि पुष्टि गरेको छ ।
मृतकमा उच्च रक्तचाप भएको र २० वर्षअघि क्षयरोग भएर १८ महिना औषधि सेवन गरेको स्वास्थ हिष्ट्री रहेको बताइएको छ । मृतकको शव प्रतिष्ठानमै रहेको र शुक्रबार नेपाली सेनाको टोलीले सुखिपुर ल्याउने प्रमुख जिल्ला अधिकारी कणेलले बताए । योसंगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण