नेता वामदेव गौतमको गीत ‘यो मुक्त भूमि, यो बुद्ध भूमि’ सार्वजनिक
शुक्रबार, १२ भदौ २०७७, १६ : ५६
काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम पछिल्लो समय केन्द्रिय राजनीतिमा आकर्षणको रुपमा रहेका छन् । उनै नेता गौतम गीतकार पनि हुन् । उनका अहिलेसम्म दर्जनौ गीतहरु बाहिर आएका छन् । यस्तैमा गौतमको शब्द रहेको ‘यो मुक्त भूमि, यो बुद्ध भूमि’ भिडियो सहित सार्वजनिक भएको छ ।
गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कला संस्कृतिको वर्णन गरिएको छ । आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा दिएको छ । शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी र अञ्जना गुरुङलगायतको स्वरले रहेको छ ।
गीतको म्युजिक भिडियो बिभिन्न भिडियो संयोजन गरेर निर्माण गरिएको छ । जसमा गौतम समेत देखिएका छन् । जीवन थापाको निर्देशन सम्पादन रहेको भिडियोमा दिर्घ गुरुङको छायाँकन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण