रौतहटमा भदौ २१ गतेसम्म निषेधाज्ञा जारी
शनिबार, १३ भदौ २०७७, २२ : ४७
रौतहट । रौतहटमा १ हप्ताको लागि निषेधाज्ञाको समय थपिएको छ । निषेधाज्ञाको समय आगामी भदौ २१ गते राति सम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । शनिबार बसेको जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापनको निर्णयले निषेधाज्ञाको समय थप गरेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।
निषेधाज्ञाको समयमा बिहान ७ देखि १२ बजेसम्म खाद्यान्न पसलहरु खुल्ने र सोही समयमा बैंक तथा वित्तिय संस्थाहरु पनि खोल्न पाउने निर्णय भएको छ । अन्य क्षेत्रको हकमा पूरानै निर्णय भएको यादवले जानकारी दिए । पछिल्ला महिनादेखि रौतहटमा कोरोना भाईरसको संक्रमण समुदायस्तरमा देखिएपछि जिल्लामा निषेधाज्ञाको समय थपिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण