बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

तनहुँ लोक आवाजमा २८ जना प्रतियोगी छानिए

बिहीबार, २९ भदौ २०७४, १८ : ४२
बिहीबार, २९ भदौ २०७४

तनहुँ– लोक प्रतिभाको खोजीका लागि आयोजित तनहुँ लोक आवाज २०७४ को पहिलो चरणको अडिसन सकिएको छ ।

डुम्रेको पवित्रा माविमा पहिलो चरणको अन्तिम अडिसन भएको थियो । अडिसनबाट ८ जना छनौट भएको साँस्कृतिक संयोजक एवं निर्णायक समेत रहेका लोक गायक याम सागर बिकले जानकारी दिए । उनकाअनुसार भिमाद, खैरेनीटार, दमौली र डुम्रेमा भएको अडिसनबाट २८ प्रतियोगीले दोस्रो चरणमा प्रवेश पाएका छन् ।

दोस्रो चरणको अडिसन भदौ ३१ गते शनिबार हुने प्रतियोगिताका प्रचारप्रसार संयोजक अशोक बिश्वकर्माले बताए । प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले नगद ४० हजार प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार र १० हजार पाउनेछन् ।

त्यस्तै, सान्त्वना हुने दुई जनालाई ५ हजार दिइने आयोजकले जनाएको छ । विजेताहरुलाई विभिन्न अवसरहरु प्रदान गरिने आयोजकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप