अमेरिकामा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ६० लाख नाघ्यो
एजेन्सी । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा ६० लाखभन्दा बढी पुगेको जोन हकिन्स विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयको तथ्याङ्का आधारमा त्यो विश्वभर कोभिड–१९ सङ्क्रमण पुष्टि भएका कूल सङ्क्रमितको झण्डै एक चौथाइ सङ्ख्या हो । तथ्याङ्कले अमेरिकामा पछिल्लो एक महिनाको समयमा सङ्क्रमित भएका विरामीको सङ्ख्या दश लाखभन्दा बढी देखाएको छ ।
चीनको वुहानमा कोभिड–१९ सङ्क्रमण फैलिएको गत वर्षको अन्त्यतिर सार्वजनिक भएको भएपनि अमेरिकामा पहिलो सङ्क्रमित विरामी जनवरी २१ मा भेटिएको थियो । अमेरिकामा मङ्गलबारसम्म एक लाख ८३ हजारभन्दा बढीको भाइरससँग जोडिएका घटनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।
अमेरिकापछि बढी सङ्क्रमण ब्राजिलमा ३९ लाख भन्दा बढीमा सङ्क्रमण देखिएको छ भने तेस्रो धेरै सङ्क्रमित सङ्ख्या भारतमा झण्डै ३७ लाख सङ्क्रमित भएका छन् । सङ्क्रमण तथा मृत्युका दृष्टिकोणले अमेरिका, ब्राजिल र भारतपछि यूरोपेली मुलुकहरू रहेका छन् । तर युरोपमा सङ्क्रमण दरमा केही कमी आएको भन्दै यो साता बालबालिकाहरूलाई पठनपाठनका लागि विद्यालयमा बोलाउने तयारी भइरहेको छ ।
ती मुलुकहरूले विद्यालय सञ्चालनका लागि तयारी गरिरहँदा बेलायत, फ्रान्स र स्पेनमा आइतवारको तुलनामा सङ्क्रमण दर घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण