भारत–चीन सीमा विवादः ‘स्थिती सन् १९६२ भन्दा पनि खराब हुनेछ’
‘यदि भारत सैन्य मुठभेड चाहन्छ भने चीनको पिपल्स लिबरेशन आर्मीले भारतीय फौजलाई सन् १९६२ को भन्दा बढी क्षती पुर्याउनेछ ।’
चीनको सरकारी पत्रिका ‘ग्लोबल टाइम्स’ को यो सम्पादकीयलाई दिल्लीबाट छापिने अंग्रेजी पत्रिका ‘टाइम्स अफ इन्डिया’ ले प्रकाशित गरेको छ ।
‘ग्लोबल टाइम्स’ को यो चेतावनी भारत र चीनबीच चलिरहेको सीमा विवादको विषयमा भएको हालैको घटनाक्रम बीच आएको हो ।
‘टाइम्स अफ इन्डिया’ का अनुसार ग्लोबल टाइम्सले गत हप्ता एक सर्वेक्षणको हवाला दिँदै ९० प्रतिशत चिनियाँ मानिसहरु भारतविरुद्ध बदलाको कारवाही चाहने दाबी गरेको थियो ।
ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘चीन भारतभन्दा थुप्रै गुणा शक्तिशाली छ र भारत चीनसँगको मुठभेडमा कतै पनि टिक्न सक्दैन । भारतले अमेरिकाजस्तो ताकतसँग साँठगाँठ गरेर चीनसँग लड्न सक्छ भन्ने भारतको सोचलाई चीनले अब तोड्नु पर्ने बेला आएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण