बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इतिहासमा आज – फिलिपिन्समा दोस्रो विश्वयुद्धपछिकै शक्तिशाली तुफान, ४ हजार बढीले ज्यान गुमाए

बिहीबार, १८ भदौ २०७७, ०८ : ५१
बिहीबार, १८ भदौ २०७७

आज ३ सेप्टेम्बर । सन् १९८४ मा आजैका दिन दक्षिण फिलिपिन्समा प्रलयकारी तुफान आयो । दुई दिनदेखि चलेको यस तुफानमा परेर ४ हजार ३ सय ५३ जनाले ज्यान गुमाए ।  दक्षिण फिलिपिन्समा आएको यो दोस्रो विश्वयुद्धपछिकै सर्वाधिक शक्तिशाली तुफान थियो । यस घटनामा सयौं मानिस घाइते भए । यो तुफानको गति १ सय ८५ किलोमिटरसम्म थियो । जसकारण, दक्षिण फिलिपिन्सको मिन्डानाओ टापूूस्थित सुरिगाओ डेल नोर्टे प्रान्तमा ठूलो क्षति निम्तियो ।

दुई दिनदेखि निरन्तर तुफान चलिरहँदा दर्जनौं मानिस बेपत्ता भएका थिए भने झन्डै १० लाख मानिस घरबारविहीन बने । यस हावाहुरीका कारण नरिवलका रुखहरु ढलेका थिए, जबकी नरिवल बिक्री यस क्षेत्रका किसानहरुलाई आय–आर्जनको राम्रो सं्रोत हो । यस टापूका गर्भनर रोलान्डो गियोटिनाले तत्कालीन समय भनेका थिए, ‘नरिवलको रुख यस क्षेत्रका मानिसहरुको लाईफ लाईन हा े। तर अब यो फेरि हुर्कन वर्षौँ लाग्नेछ ।’

फिलिपिन्सका तत्कालीन राष्ट्रपति फर्डिनान्ड मार्कोसले उद्धारका लागि ४० लाख डलर राहत प्याकेजको घोषणा गरे, तर सहयोगका लागि विदेशबाट आएको प्रस्ताव उनले अस्विकार गरे । यो विपद्अघि वर्षको सुरुमै फिलिपिन्समा अर्को शक्तिशाली तुफान चलेको थियो । दुईवटा तुफानका कारण समग्रमा फिलिपिन्सको २४ लाख जनसंख्या प्रभावित भयो । यस वर्ष फिलिपिन्समा विभिन्न इलाकामा धेरैपटक तुफान गइरह्यो ।

अन्य घटनाक्रम

सन् १९२३– भारतका प्रसिद्ध तबला वादक पन्डित किशन महाराजको जन्म ।

सन् १९५०– एमिलियो निनो फरिना पहिलो फर्मुला वान च्याम्पियन बने ।

सन् १९३९– जर्मनीले पोल्यान्ड कब्जा गरेपछि ब्रिटेन र फ्रान्सद्वाारा उसको विरुद्ध युद्ध घोषणा ।

२००४ – तीन दिनदेखि अपहरणकर्ताहरुको कब्जामा रहेको स्कुल रुसी सैनिकहरुद्वारा मुक्त, कारबाहीका क्रममा कम्तिमा २ सयको मृत्यु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप