पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
सारांश
- फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सविरुद्ध सुरुवाती अग्रता लिएको छ ।
- खेलको २२ औँ मिनेटमा स्पेनका स्ट्राइकर मिकेल ओयारजाबालले पेनाल्टीमार्फत गोल गरे ।
- यस गोलसँगै स्पेनले फ्रान्सविरुद्ध १-० को अग्रता बनाएको छ ।
काठमडौँ । फिफा विश्वकप २०२६ को जारी पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सविरुद्ध सुरुवाती अग्रता लिएको छ । डलासको स्टेडियममा भइरहेको प्रतिस्पर्धात्मक भिडन्तको २२ औँ मिनेटमा स्पेनका स्ट्राइकर मिकेल ओयारजाबालले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका हुन्।
खेलको स्पेनले २२ औँ मिनेटमा पेनाल्टीको अवसर पाएको थियो। जारी विश्वकपको सामान्य खेलको समय भित्र प्रहार गरिएको यो एक्काइसौँ पेनाल्टी हो। यस प्रतियोगितामा प्रहार गरिएका कुल २१ पेनाल्टीमध्ये हालसम्म १५ वटा गोलमा परिणत भएका छन् भने बाँकी ६ वटा पेनाल्टी प्रहार मिस भएका वा गोलरक्षकहरूले बचाएका छन् । सो महत्त्वपूर्ण अवसरलाई स्ट्राइकर
मिकेल ओयारजाबालले कुनै गल्ती नगरी सहजै गोलमा परिणत गर्दै फ्रान्सेली गोलरक्षक माइक मेन्यानलाई बिट गरे ।
यसअघि खेलको आठौँ मिनेटमै फ्रान्सका मिडफिल्डर आद्रिएन राबियोले खराब ट्याकलका कारण पहेँलो कार्ड ब्यहोरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण