पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
सारांश
- स्पेनविरुद्धको सेमिफाइनलमा फ्रान्सेली कप्तान किलियन एम्बापेका लागि पहिलो हाफ निराशाजनक रह्यो ।
- विश्वकै उत्कृष्ट फरवार्ड मानिएका एम्बापेलाई स्पेनिस रक्षापंक्तिले पूर्ण रूपमा 'लकिङ' गरेपछि उनी मैदानमा संघर्ष गरिरहेको देखिएका हुन् ।
- पहिलो ४५ मिनेटमा एम्बापेले विपक्षीको पेनाल्टी बक्सभित्र मात्र एक पटक बल छुन सके ।
काठमाडौँ । फिफा विश्वकप अन्तर्गत स्पेनविरुद्धको सेमिफाइनलमा फ्रान्सेली कप्तान किलियन एम्बापेका लागि पहिलो हाफ निराशाजनक देखियो ।
विश्वकै उत्कृष्ट फरवार्ड मानिएका एम्बापेलाई स्पेनिस रक्षापंक्तिले पूर्ण रूपमा ‘लकिङ’ गरेपछि उनी मैदानमा संघर्ष गरिरहेको देखिएका हुन् । पहिलो ४५ मिनेटमा एम्बापेले विपक्षीको पेनाल्टी बक्सभित्र मात्र एक पटक बल छुन सके। रोचक त उनले बक्सभित्र बल छोएको संख्याभन्दा बढी (दुई पटक) त उनी अफसाइडको शिकार भए ।
मैदानमा एम्बापेको हाउभाउ निकै असन्तुष्ट देखिएको छ। स्पेनिस टोलीले फ्रान्सलाई आफ्नै आधा मैदानमा दबाएर राखेका कारण एम्बापेसम्म बल पुग्नै कठिन भएको थियो । खेलको ४३ औं मिनेटमा एम्बापेले एउटा राम्रो अवसर पाउने संकेत देखिएको थियो । तर स्पेनका गोलकिपर उनाई सिमोनले आफ्नो बक्सबाट निकै अगाडि निस्किएर स्लाइडिङ ट्याकल गर्दै एम्बापेभन्दा पहिले बल क्लियर गरिदिएका थिए ।
एक गोलले पछि परेको फ्रान्सका लागि अब दोस्रो हाफ परीक्षाको घडी बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण