जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
सारांश
- कालापानी-लिपुलेक-लिम्पियाधुरा यात्रा सम्पन्न गरी फर्किएका राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरूलाई राष्ट्रिय अभिनन्दन कार्यक्रममार्फत सम्मान गरिएको छ ।
- अभियन्ताहरूले सीमा क्षेत्रको वास्तविक अवस्था बुझेर मात्र प्रभावकारी नीति बनाउनुपर्ने र राज्यको उपस्थिति कमजोर रहेको बताए ।
- सीमाविद् बुद्धि नारायण श्रेष्ठले युवाहरूको देशप्रतिको समर्पणको प्रशंसा गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको आधिकारिक भूभाग भएको पुनः उल्लेख गरे ।
काठमाडौँ । कालापानी–लिपुलेक–लिम्पियाधुरा यात्रा सम्पन्न गरी फर्किएका राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरूलाई राष्ट्रिय अभिनन्दन कार्यक्रममार्फत सम्मान गरिएको छ ।
कार्यक्रममा सीमाविद् बुद्धि नारायण श्रेष्ठ, बुद्धिजीवी तथा विश्लेषक महादीप पोखरेल, हरिकृष्ण गजुरेललगायतले अभियन्ताहरूको देशभक्ति, साहस र राष्ट्रिय स्वाभिमानप्रतिको प्रतिबद्धताको सम्मान गरेका थिए ।
कार्यक्रममा कालापानी–लिपुलेक यात्राको अनुभव सुनाउँदै राष्ट्रिय जेनजी नागरिक अभियानका सह–संयोजक अजय सोडारीले नेपालको सीमा समस्याबारे धारणा राख्दै काठमाडौँमै बसेर कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग हो भन्ने प्रवृत्तिले समस्या समाधान नहुने बताए । उनले सीमा क्षेत्र र त्यहाँका नागरिकको वास्तविक अवस्था बुझेर मात्र प्रभावकारी नीति बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, “पहिला सीमा क्षेत्रमा सडक, सञ्चार, शिक्षा, स्वास्थ्य तथा नागरिकका आधारभूत आवश्यकताहरू सुनिश्चित गर्नुपर्छ। त्यसपछि मात्र भारतीय हस्तक्षेप रोक्न, सीमा सुरक्षा सुदृढ गर्न र कूटनीतिक रूपमा आफ्नो भूमि फिर्ता ल्याउने अभियानलाई प्रभावकारी बनाउन सकिन्छ।”
अर्का अभियन्ता प्रकाश बमले कालापानी–लिपुलेक यात्राको अनुभव सुनाउँदै सीमा क्षेत्रमा राज्यको उपस्थिति अत्यन्त कमजोर रहेको बताए । उनले त्यहाँका नागरिकले छिमेकी देशको दबाब र प्रभावबिच जीवन बिताउनुपरेको उल्लेख गर्दै सीमा सुरक्षा बललाई प्रभावकारी रूपमा सीमा क्षेत्रमा परिचालन गर्न सरकारसँग आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि सीमाविद् बुद्धि नारायण श्रेष्ठले युवाहरूको देशप्रतिको समर्पणको प्रशंसा गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको आधिकारिक भूभाग भएको पुनः उल्लेख गरे । उनले उक्त क्षेत्रका विषयमा सरकारले पर्याप्त कूटनीतिक पहल गर्न नसकेको टिप्पणी गर्दै ऐतिहासिक तथ्य, प्रमाण र नक्साका आधारमा आफ्नो भूमि फिर्ता ल्याउन दृढ पहल गर्नुपर्ने बताए ।
श्रेष्ठले टिकर भञ्ज्याङस्थित नम्बर १ सीमास्तम्भबाट करिब ५३ किलोमिटर पश्चिममा शून्य नम्बर सीमास्तम्भ स्थापना गरी त्रिदेशीय बिन्दुको स्पष्ट निर्धारण गर्नुपर्ने धारणा पनि व्यक्त गरे। उनले भारतसँग तथ्य र प्रमाणका आधारमा निर्भीक कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरे ।
राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंह, सह–संयोजक अजय सोडारी तथा सचिव प्रकाश बमले कालापानी–लिपुलेक क्षेत्रको यात्रा गरी नेपालको राष्ट्रिय झन्डा फहराएका थिए। उनीहरूले उक्त क्षेत्र नेपालको अभिन्न भूभाग रहेको आफ्नो राष्ट्रिय धारणा सार्वजनिक गरेका थिए ।
अभियानले “देशभन्दा माथि केही हुँदैन । छिमेकी देशको हस्तक्षेप स्वीकार्य छैन। हामी नवयुवाहरू राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षाका लागि दृढतापूर्वक उभिन्छौँ ।” भन्ने सन्देशका साथ कालापानी–लिपुलेक यात्रा सम्पन्न गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण