राजनीतिक विज्ञापन बन्द गर्ने फेसबुकको घोषणा
फेसबुकले अमेरिकाको राष्ट्रपतीय निर्वाचन सुरु हुनभन्दा एक साताअघि राजनीति विज्ञापनमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । ३ नोभेम्बरमा अमेरिकामा चुनाव हुँदैछ । फेसबुकको घोषणाअनुसार निर्वाचन हुनभन्दा एक साताअघि पेश गरिएका राजनीतिक विज्ञापनमाथि मात्रै प्रतिबन्ध लाग्नेछ, २७ अक्टुुबरअघि पेश गरिएका विज्ञापनमा भने प्रतिबन्ध लागु हुनेछैन ।
अहिलेसम्म फेसबुकका सिइओ मार्क जुकेरवर्गले राजनीतिक विज्ञापनहरुलाई छुट दिदैं आएका छन् । जसकारण उम्मेदवारहरुले झुठ वा गलत सुचना फैलाउन पनि यसको प्रयोग गर्ने गरेका छन् । ट्वीटर र पिइन्ट्रेस्टजस्ता सामाजिक सञ्जालले भने यसअघि नै राजनीतिक विज्ञापनलाई आफ्नो सेवामा प्रतिबन्ध लगाएका छन् ।
फेसबुकले मानिसहरुलाई मतदान गर्नका लागि निरुत्साहित गर्ने खालका पोस्टहरुलाई समेत हटाउन सकिने जनाएको छ । मतदान केन्द्रमा जाँदा कोभिड–१९ लाग्नसक्छ भन्ने खालका पोस्टहरु हट्ने फेसबुकले जनाएको छ । कम्पनीका सिईओ जुकेरवर्गले कोरोना भाइरस महामारीलाई प्रयोग गरेर मतदानका लागि जनतालाई निरुत्साहित गर्ने खालका पोस्टलाई हटाइने जानकारी दिएका हुन् । निर्वाचन अधिकारीहरुमाथि हानी पु¥याउने वा हिंसा गर्ने अपिल गरिएका पोस्टहरुलाई रोक्नका लागि फेसबुकले आफ्नो नीति बिस्तार गर्ने पनि उनले बताए ।
‘मलाई विश्वास छ कि हाम्रो प्रजातन्त्र यस्ता चुनौतीसँग जुधेर स्वतन्त्र र निष्पक्ष निवार्चन गर्न समक्ष छ,’ जुकेरवर्गले आफ्नो फेसबुकर पोस्टमा लेखेका छन्, ‘हामीले विगतमा पनि विश्वव्यापी महामारीमा मत खसालेका थियौं । यसपटक पनि गर्नसक्छौं । तर यसका लागि राजनीतिक पार्टी र उम्मेदवार, निर्वाचन अधिकारी, सञ्चारमाध्यम र सामाजिक सञ्जाल तथा सबै भोटरहरु अर्थात् हामी सबैले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण