विश्वलाई अर्को महामारीका लागि तयार रहन डब्लुएचओको चेतावनी
एजेन्सी । विश्व स्वास्थ्य संगठनले विश्वलाई अर्को महामारीका लागि तयार रहन चेतावनी दिएको छ । संगठनका महानिर्देशक डा. टेड्रोस अडानोमले विश्वलाई अर्को महामारीका लागि पनि तयारी अवस्थामा बस्न आह्वान गरेका हुन् । उनले अब आउने महामारीका लागि मानव जातिले निकै लगानी लगानी गर्नुपर्ने अन्यथा कोरोनाको जस्तै अवस्था आउनसक्ने चेतावनी दिएका छन् ।
टेड्रसले मंगलबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा भने– ‘ अहिलेको महामारीका कारण विश्वभर २.७१ करोड मानिस संक्रमित भए र ८.८८ लाखभन्दा बढी मानिसहरुको मृत्यु भैसक्यो । कयौं देशहरुमा यो भयवाह रुपमा बढिरहेको छ । यसको नियन्त्रण गर्न पनि मुस्किल भैरहेको छ ।’ टेड्रोसका अनुसार इतिहासलाई हेर्दा यो नै अन्तिम महामारी होइन । उनले भने– ‘यो जीवनको सत्य हो र यो अन्त्य हुँदैन । अब अर्को महामारी आउनुअघि नै हामीले यसका लागि तयारी गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण