सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वलाई अर्को महामारीका लागि तयार रहन डब्लुएचओको चेतावनी

मङ्गलबार, २३ भदौ २०७७, २३ : ५७
मङ्गलबार, २३ भदौ २०७७

एजेन्सी । विश्व स्वास्थ्य संगठनले विश्वलाई अर्को महामारीका लागि तयार रहन चेतावनी दिएको छ ।  संगठनका महानिर्देशक डा. टेड्रोस अडानोमले विश्वलाई अर्को महामारीका लागि पनि तयारी अवस्थामा बस्न आह्वान गरेका हुन् । उनले अब आउने महामारीका लागि मानव जातिले निकै लगानी लगानी गर्नुपर्ने अन्यथा कोरोनाको जस्तै अवस्था आउनसक्ने चेतावनी दिएका छन् ।

टेड्रसले मंगलबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा भने– ‘ अहिलेको महामारीका कारण विश्वभर २.७१ करोड मानिस संक्रमित भए र ८.८८ लाखभन्दा बढी मानिसहरुको मृत्यु भैसक्यो । कयौं देशहरुमा यो भयवाह रुपमा बढिरहेको छ । यसको नियन्त्रण गर्न पनि मुस्किल भैरहेको छ ।’ टेड्रोसका अनुसार इतिहासलाई हेर्दा यो नै अन्तिम महामारी होइन । उनले भने– ‘यो जीवनको सत्य हो र यो अन्त्य हुँदैन । अब अर्को महामारी आउनुअघि नै हामीले यसका लागि तयारी गर्नुपर्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप