किरणको छमछमीमा पुष्प र एलिसा
शुक्रबार, ३० भदौ २०७४, १५ : ०५
काठमाडौं– किरण अधिकारीक स्वरमा रहेको ‘छमछमी’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा यतिबेलाका चर्चित मोडलद्वय एलिसा राई र पुष्प खड्काको जोडदार अभिनय रहेको छ ।
‘रोमान्टिक’ फ्लेभर रहेको उक्त गीतमा युवा–युवतीले युवा अवस्थामा गर्ने क्रियाकलापको कथालाई सञ्जय बरालले सुन्दर निर्देशन पस्केका छन् ।
यतिबेलाका चर्चित मोडल अनि व्यस्त र चर्चित निर्देशकको कौशलले सजिएको उक्त गीतको शब्द रचना, संगीत अनि एरेञ्ज भने आशिस राजले गरेका छन् । राजिव समरको कोरियोग्राफी रहेको उक्त गीतमा बुद्ध थापाको टीमले खिचेका हुन् ।
‘छमछमी’ बोलको गीतको म्युजिक भिडियोको छायांकन बुद्ध थापाले गरेका छन् भने सम्पादन भरत रेग्मीले गरेका हुन् । बिहीबार हाइलाइट्स नेपालमार्फत सार्वजनिक भएको यस म्युजिक भिडियो दुई दिनमा नै निकै चर्चित भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण