पाकिस्तानः सन्तानसहित बाटोमा फसेकी महिलामाथि सामूहिक बलात्कार, १२ जना पक्राउ
पाकिस्तानमा आफ्नो बालबच्चासहित अबेर राती बाटोमा फसेकी एक महिलामाथि केही लुटेराले सामूहिक बलात्कार गरेका छन् । प्रहरीले यो मामिलामा १२ जनालाई हिरासतमा लिएको छ ।
सोमबार–मंगलबार राती भएको यो घटनाको विषयमा बुधबार पाकिस्तानी मिडिया र सोसल मिडियामा महिलामाथि हुने यौन अपराधको विषयमा भारी आक्रोश देखियो र प्रहरीको निकै आलोचना पनि भयो ।
घटनाको भोलिपल्टै पंजाब प्रान्तका प्रहरी प्रमुख बनेका आइजी ईनाम गनीले अनुसन्धानपश्चात् अहिलेसम्म १२ जनालाई पक्राउ गरेको जानकारी दिएका छन् ।
उनले बीबीसीसँगको कुराकानीमा २० समूहले यो घटनाको अनुसन्धान गरिरहेको र उनले जियोफेन्सिङको प्रयोग गरेर संदिग्ध अपराधी बस्ने गाउँको पहिचान गरेको बताए ।
प्रहरी स्रोतका अनुसार अपराधीले कारको सिसा फुटाएका थिए, उनीहरुको केही छिटा कारको ढोकामा पनि लागेको थियो जसको सहारामा संदिग्धको डिएनए परीक्षण गरिँदै छ ।
मद्दतको प्रतिक्षाः
बलात्कारकी शिकार महिलाका आफन्तको तर्फबाट दर्ता गरिएको एफआइआर अनुसार महिला आफ्ना बालबच्चासहित आफैंले कार चलाएर लाहौरबाट गुजरांवाला गइरहेकी थिइन् ।
लाहौर–सियालकोट मोटरवेमा एक टोल प्लाजा पार गर्ने बित्तिकै गाडी या त पेट्रोल रित्तिएपछि वा कुनै कारणले रोकियो ।
त्यसपछि उनले एक आफन्तलाई फोन गरेको जसले उनलाई पुलिस हेल्पलाइनमा फोन गर्न सुझाव दिए र आफैं पनि मद्दत गर्न घरबाट निस्किए ।
लुटेराले उनको पैसा, गहना र अन्य सामान पनि लुटे ।
ऊजुरीकर्ताका अनुसार जब उनी घटनास्थल पुगे तब उनले कारको झ्यालको सिसा फुटेको देखे र त्यसमा रगतका छिट्टा लागेको पनि देखे । त्यसको केही बेरपछि महिला आफ्ना बच्चासहित नजिकैको जंगलबाट आइरहेको देखे ।
पूरा पाकिस्तानमा आक्रोशः
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम नवाजले घटनाबारे ट्वीट गर्र्दै लेखिन्, ‘गाडी गुड्ने बाटोमा सामूहिक बलात्कारको घटनाले मेरो मन रुवाएको छ । यो बर्बर अपराधमा लिप्त सबैले सजाय पाउनुपर्छ र यो एउटा उदाहरण बन्नुपर्छ । यो साधारण कुरा होइन । याद राख्नुहोस्, सामाजिक मूल्यमा गिरावट र दमनविरुद्ध लड्नु हामी सबैको जिम्मेवारी हो ।’
ट्वीटरमा अन्य एक प्रयोगकर्ता सोहाले लेखेकी छिन्, ‘पाकिस्तानमा लगातार दुई घटना भइरहेका छन् । सुरुमा कराँचीमा ५ वर्षकी बालिकामाथि बलात्कारपछि उसलाई जलाइयो र अब लाहौरमा बाटोमा सन्तानको सामुन्ने महिलाको सामूहिक बलात्कार गरियो ।’
यस्तै राडा नामकी एक प्रयोगकर्ताले लेखिन्, ‘मानवताका लागि एक भयानक दिन । भारतमा ८६ वर्षकी हजुरआमामाथि बलात्कार र पाकिस्तानमा ५ वर्षकी बालिकाको बलात्कारपछि हत्या । मलाई डर लाग्छ र रिस पनि उठ्छ । के यो महिला हुनुको मूल्य हो ?’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण