अभिनेताले भन्दा धेरै पारिश्रमिक पाउने ५ बलिउड अभिनेत्री
एजेन्सी – सामान्यतयाः बलिउडमा लगायत फिल्म क्षेत्रमा अभिनेत्रीले फिल्ममा काम गरे बापत पाउने पारिश्रमिक अभिनेताको भन्दा कम हुने गर्छ । जसले गर्दा बारम्बार यस विषयमा प्रश्न पनि उठ्ने गरेको छ ।
फिल्ममा अभिनेत्रीहरुलाई अभिनेताको भन्दा कम पारिश्रमिक दिने प्रचलन नै भए पनि केही बलिउड अभिनेत्रीहरुले भने फिल्ममा काम गर्ने आफ्ना को–स्टार्सको भन्दा धेरै पारिश्रमिक लिएका छन् ।
करीना कपूर
एक सन्तानलाई जन्म दिएपछि पुनः फिल्ममा काम गरेकी करीनाले ‘वीरे दी वेडिंग’ र ‘गुड न्यूज’ मा काम गरिन् । उनी फिल्ममा काम गरेवापत २० करोड पारिश्रमिक लिने गर्छिन् । उनले ‘वीरे दी वेडिंग’ को लागि ७ करोड लिएकी थिइन् जुन फिल्मका को स्टारको भन्दा बढी थियो ।
दीपिका पादुकोण
बलिउडकी लोकप्रिय नायिका दीपिका महङ्गी नायिकाको सूचिमा पर्छिन् । उनले एउटा फिल्ममा काम गरेबापत २६ करोड लिने गर्छिन् । उनले फिल्म ‘पद्यावत’ मा १२ करोड लिएकी थिइन् । भने उनका को–स्टार रणवीर सिंहलाई ७÷८ करोड दिइएको थियो । सुत्रका अनुसार दीपिकाले ‘पीकू’ मा अमिताभ बच्चन र इरफान खानले भन्दा धेरै पारिश्रमिक लिएकी थिइन् ।
आलिया भट्ट
आलियाले फिल्मका लागि २२ करोड पारिश्रमिक लिने गरेकी छिन् । उनले फिल्म ‘राजी’ मा १० करोड लिएकी थिइन् । भने उक्त फिल्मका हिरो विक्की कौशललाई ४ करोड मात्रै दिइएको थियो ।
श्रद्धा कपूर
यी अभिनेत्री फिल्मका लागि २३ करोड चार्ज लिन्छिन् । एक रिपोर्टका अनुसार उनले फिल्म ‘स्त्री’ का लागि ७ करोड लिएकी थिइन् । भने सोही फिल्मका हिरो राजकुमार रावलाई कम पारिश्रमिक दिइएको थियो ।
कंगना रनावत
कंगना हरेक फिल्ममा दमदार अभिनयका साथ प्रस्तुत हुँदै आएकी छिन् । उनले ‘जजमेन्टल है क्या’ मा उनका को–स्टार राजकुमार रावले भन्दा धेरै पारिश्रमिक लिएकी थिइन् । यसका साथै उनले ‘रंगुन’ मा सैफ अली खान र शाहिद कपूरले भन्दा बढी पारिश्रमिक लिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण