कैलालीमा पत्रकार आन्दोलित
कैलाली । कैलालीमा दिनेश सञ्चार गृहमा प्रवेश गरी पत्रकारमाथि आक्रमण गर्नेलाई कार्बाहीको माग गर्दै पत्रकारहरु आन्दोलित भएका छन् । पत्रकारमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै पत्रकार आन्दोलित भएका हुन् । धनगढीमा नेपाल पत्रकार महासंघ कैलालीको अगुवाईमा बसेको भेलाले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।
सोही बमोजिम आज धनगढीको पार्कमोडदेखि जिल्ला प्रशासन कार्यालयसम्म र्यालीको आयोजना गरिएको थियो । सभालाई समबोधन गर्दे नेपाल पत्रकार महासंघका पूर्व क्षेत्रीय संयोजक मनमोहन स्वारले सञ्चारगृहमा गएर पत्रकार माथि कुटपिट गर्नेलाई तत्काल पक्राउ गर्न प्रशासन उदासिन रहेको बताए । महासंघका केन्द्रिय सदस्य मिन बमले गुण्डागर्दी शैलीमा पत्रकारमाथि भएको आर्कमणको निन्दा गर्दै आक्रमणकारीलाई तत्काल कार्वाही गर्न माग गरे ।
कोणसभालाई नेपाल पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष दिर्घराज उपाध्याय र भरत शाह, आदीवासी जनजाती पत्रकार महासंघका प्रदेश अध्यक्ष भीम चौधरी, थारु पत्रकार संघका केन्द्रिय उपाध्यक्ष उन्नती चौधरी, नेपाल प्रेस युनियनका कैलाली अध्यक्ष श्रवण देउवाले पनि सम्वोधन गरेका थिए।
शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका २० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा धनगढीमा थुनुवा कक्षमै १९ वर्षीय युवकले गरे आत्महत्या शिर्षकको समाचार दिनेश खवरमा प्रकाशन भएको थियो। तर दिनेश खवरमा पुगेका युवाहरुले भने आत्महत्या नभई हत्या भएको भन्दै सञ्चारमाध्यममा आक्रमण गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण