इटलीमा कोरोनाबाट अति प्रभावित क्षेत्रमा ७ महिनापछि विद्यालय सूचारु
सोमबार, २९ भदौ २०७७, २३ : ००
एजेन्सी । इटलीको कोरोनाभाइरसबाट अति प्रभावित क्षेत्रमा सात महिनापछि सोमबारदेखि विद्यालयहरु सूचारु भएका छन् । देशको कोडोग्नो क्षेत्रका बालबालिकाहरु गत फेब्रुअरी २१ देखि विद्यालय जान नपाएकोमा सोमबारीदेखि विद्यालय प्रवेश गरेका हुन् ।
देशको उत्तरी क्षेत्रमा पर्ने यस ठाउँमा त्यसबेलादेखि केही समय कोरोनाभाइरसको महामारी उत्कर्षमा पुगेको थियो । इटलीमा दुई महिनासम्म अति कडा लकडाउन लागू गर्दा झण्डै ८० लाख बालबालिका प्रभावित भएका थिए । यहाँका धेरै बालबालिकाहरुले कोरोनाका कारण हजुरबुवा हजुर आमा गुमाएका छन् भने कतिपयले अन्य आफन्तहरु पनि गुमाएका छन् ।
विद्यालय खुल्नु लकडाउन पूर्वको अवस्थामा लैजानका लागि महत्वपूर्ण कदम भएको स्थानीय विद्यालयका प्राचार्य सेसिलिया कुगिनीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण