वैज्ञानिकद्वारा विश्वकै पुरानो वीर्य फेला
बुधबार, ३१ भदौ २०७७, १३ : २६
पूरातत्त्वविद्हरुको एक टोलीले म्यानमारमा विश्वकै सबैभन्दा पुरानो वीर्य फेला पारेका छन् । ओस्ट्राकोड नामक जीवको शरीरमा रुखको चोपमा सुरक्षितरुपमा जमेको अवस्थामा फेला परेको उक्त वीर्य १० करोड वर्ष पुरानो रहेको वैज्ञानिकहरुको दाबी रहेको छ ।
यसअघि फेला परेको जनावरको वीर्य १.७ करोड वर्ष पुरानो रहेको नान्जिङस्थित चाइनिज एकाडेमी अफ साइन्सको टोलीका प्रमुख वाङ हीले भने ।
करिब ५० करोड वर्षअघिदेखि पृथ्वीमा पाइने ओस्ट्राकोड नामक जीव अझै पनि समुद्रमा पाउन सकिने बुधबार प्रतिष्ठित रोयल सोसाइटीको जर्नलमा प्रकाशित पेपरमा भनिएको छ ।
उक्त वीर्य महिला ओस्ट्राकोडमा पाइएको र उनको शरीरमा पुरुष ओस्ट्रोडले वीर्य निषेचित गर्ने बित्तिकै उनी रुखको चोपमा जमेको हुनसक्ने वैज्ञानिकहरुको अनुमान छ ।
स्रोत : अलजजिरा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण