शुभकामना स्वीकार्दै वामदेवले गरे भेटघाट बन्द
शुक्रबार, ०२ असोज २०७७, १७ : ०४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा हालै राष्ट्यि सभामा मनोनित भएका वामदेव गौतमले कोभिड १९ का कारण केही दिनलाई प्रत्यक्ष भेटघाट नगर्ने भएका छन् । गौतमको सचिवालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै बधाई तथा शुभकामना दिनुहुनेप्रति कृतज्ञता व्यक्त गर्दै गौतमले केही दिनलाई प्रत्यक्ष भेटघाट रोकेको जनाएको हो ।
गौतमका स्वकीय सचिव दिपक टमाटाले जारी गरेको विज्ञप्तिमा ‘यहाँहरुले सामाजिक सन्जालमार्फत दिनुभएको बधाई शुभकामना स्वीकार गर्ने गरि हाल कोभिड–१९ को संक्रमणलाई ध्यान राख्दै उहाँको सचिवालयमा केही दिनलाइ प्रत्यक्ष भेटघाट रोकेको बेहोरा जानकारी गराउँदछु’ भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन