अमेरिकन ब्राण्ड ब्ल्याक+डेकर नेपालमा, चौधरी ग्रुपले सुरु गर्यो बिक्री वितरण
काठमाडौं । विगत ४ दशक देखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउन सफल चौधरी ग्रुपले विभिन्न बहुराष्ट्रिय ब्राण्डको बिक्री वितरण गर्दै आइरहेको छ ।
विभिन्न ११२ देश र ७६ ब्राण्डका साथ देश–विदेशमा नेपाल बहुराष्ट्रिय कम्पनीका रूपमा परिचय बनाउन सफल चौधरी ग्रुपले विभिन्न टप ब्राण्डहरुको सहकार्य गर्दै आइरहेको छ ।
ब्ल्याक+डेकर (Black+Decker) एउटा प्रतिष्ठीत अमेरिकन ब्राण्ड र सि.जी.को सि.जी.इम्पेक्स कम्पनीले सहकार्य र साझेदारीमा सि.जी. डिजिटल पार्क, काठमाडौंबाट विभिन्न मिडिया कर्मी र सि.जी. इम्पेक्सका डिलर र डिस्ट्रिब्युटरमार्फत अनलाइन प्रविधिबाट प्रेस कन्फेरेन्स आयोजना गरी आधिकारीक घोषणा गरिएको छ ।
भर्चुवल प्रविधिमाध्यमबाट भएको प्रेस कन्फेरेन्समा सि.जी इम्पेक्सका तर्फबाट सिनियर पदाधिकारीको उपस्थितिका साथै ब्ल्याक+डेकर, इन्डियाबाट निलान्जन भट्टचार्य (निर्देशक, साउथ एसिया) र अमित राटौरी (प्रमुख इक्सपर्ट)ले पनि भर्चुवल माध्यमबाटै सि.जी. इम्पेक्स र ब्ल्याक+डेकर कम्पनी बीचको साझेदारीका बारेमा छलफल भएको थियो ।
अबको नेपाली बजारमा चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स र बी+डीका घरायसी सामाग्रीको बिक्री वितरण गर्ने छ । स्टिम आइरन, ग्रिन्डर मिल्स, राइस कुकर, गार्मेन्ट स्टिमर, स्याण्डवीच मेकर, हिटर, माइक्रोवेभ ओभन, ओटीजी जस्ता विभिन्न घरायसी सामाग्री रहेको बी+डी ब्राण्ड बहुराष्ट्रिय अमेरिकन ब्राण्ड विश्वभरी नै ग्राहकहरुको उच्च रोजाइमा पर्न सफल रहेको छ । नेपालमा पनि सबैले रुचाउने कम्पनीको विश्वास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
-
ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण