अमेरिकाले रुससँग झडपपछि सिरियामा सैन्य ताकत बढायो
रुसी सेनासँग भएको झडपपछि अमेरिकाले सिरियामा आफ्नो सैन्य उपस्थिती बढाइदिएको छ ।
अमेरिकाले ६ वटा ब्रेडले फाइटिङ वाहन र सय सैनिकलाई सिरियाको उत्तर–पूर्वी सीमामा तैनाथ गरेको जानकारी दिएको छ ।
अमेरिका र रुसको पेट्रोलिङ सैन्य टुकडीबीच यस वर्ष थुप्रै झडप भएको छ । अमेरिकी नौसेनाका क्याप्टेन बिल अर्बनका अनुसार यो निर्णयले ‘गठबन्धन बलको सुरक्षा र सेक्युरिटी सुनिश्चित गर्नेछ’ ।
उनले भने, ‘फाइटर वाहनबाहेक अमेरिकाले सेन्टिनल रडार पनि लगाउनेछ र अमेरिकी लडाकू विमानको पेट्रोलिङ पनि बढाइएको छ ।’
अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता अर्बनले शुक्रबार आफ्नो बयानमा भने, ‘अमेरिका सिरियामा कोही पनि सेनासँग झडप चाहँदैन तर यदि आवश्यक परे गठबन्धन सेनालाई डिफेन्ड गर्नेछ ।’
अर्बनले रुसी सेनाको नाम लिएनन् तर एक अमेरिकी अधिकारीले एनबीसी न्यूजलाई दिएको अर्को बयानमा अलि धेरै जानकारी दिइएको छ ।
अधिकारीले भने, ‘यो कारवाही र परिवर्तन रुस र अन्य गुटका लागि एक सीधा संकेत हो । यो अव्यवसायिक, असुरक्षित र उत्तेजक कारवाहीबाट बच्नका लागि उत्तर पूर्वी सीमामा तनाव कम गर्ने साझा कोसिसलाई साथ दिइयोस् भन्ने संकेत हो । ’
एनबीसी न्यूजले ती अधिकारीलाई उद्धृत गर्दै अमेरिकाले यी वाहन र सेना रुसलाई एक सेक्युरिटी एरियाभित्र जानबाट रोक्नका लगि पठाएको जानकारी दिएको छ ।
अमेरिका र रुसबीच पछिल्ला केही वर्षमा विवाद भइरहन्छन् तर केही हप्तादेखि उत्तर पूर्वी सिरियामा दुबै देशबीच तनाव बढेको छ ।
अगस्ट महिनाको अन्त्यमा रुसको एक वाहनसँग टक्करमा सात अमेरिकी सैनिक घाइते भएका थिए । रुस र अमेरिकी सरकारले यसका लागि एक–अर्कालाई जिम्मेवार ठहर गरे । यो टक्करको रेकर्डिङ ट्वीटरमा पोस्ट पनि गरिएको थियो ।
अमेरिकाका अनुसार रुसका सैनिक एक ‘सेक्युरिटी जोन’ मा प्रवेश गरेका थिए जसमा प्रवेश नगर्नका लागि उनीहरु सहमत भएका थिए । यद्यपि, रुसले आफूहरुले अमेरिकालाई पहिले नै चेतावनी दिएको बताउँदै उक्त इलाकामा पेट्रोलिङ गर्ने चेतावनी दिएको थियो ।
यो इलाकामा अमेरिकाका ५ सय सैनिक छन् । यद्यपि यो संख्या पहिलाका तुलनामा निकै कम छ । यो तैनाथी आइएसको कुनै पनि प्रकारको खतरासँग जुध्नका लागि हो ।
रुसले सिरिया सरकारलाई साथ दिन्छ जबकी अमेरिकाले कुर्दिश लडाकूलाइृ साथ दिन्छ ।
अक्टोबर सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हजार अमेरिकी सैनिक हटाउने निर्णय लिएका थिए जसले कुर्द लडाकूको अगुवाई रहेको सिरियन डेमोक्रेटिक फोर्सेस एलाइन्सलाई साथ दिइरहेका थिए ।
त्यसको केही महिनापछि ट्रम्पले केही सैन्य टुकडी तेलको खानीको सुरक्षाका लागि त्यहाँ तैनाथ हुने निर्णय सुनाएका थिए ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण