मकवानपुरमा जीप दुर्घटना, दुई बालकको मृत्यु
सोमबार, ०५ असोज २०७७, १८ : ४४
मकवानपुर । मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मनहरीबाट सरिखेत पलाँसे जाँदै गरेको ना १ ज ७१७५ नंको बोलेरो जीप आज दिउँसो दुर्घटना हुँदा दुबै बालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका राक्सिराङ गाउँपालिका–३ का २७ वर्षीय सुरज शाहीलाई थप उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।
जीप चालक राक्सिराङ–५ का भीषण प्रजालाई प्रहरीले नियन्त्रणमा लिइ घटनाका विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण